काठमाडौं । नेपालमा हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा।लि।ले ू हुन्डाई अवेसम अगष्टू योजना सुरु गरेको छ। यसमा ग्राहकहरुले विभिन्न आकर्षक नगद छुट तथा विशेष लाभहरुको फाइदा लिन सक्ने विज्ञप्तिमा उल्लेख छ । २०८२ साउन २१ देखि २५ गतेसम्म सञ्चालन हुने यस योजना काठमाडौंको भृकुटीमण्डपमा आयोजना भइरहेको नाइमा मोबिलिटी एक्स्पो २०८२ सँगै सञ्चालन हुनेछ। एक्स्पोमा हुन्डाईको स्टल नम्बर एल १४ रहेको विज्ञप्तिमा उल्लेख छ ।
यस योजना अन्तर्गत ग्राहकहरूले हुन्डाईका गाडी खरिद गर्दा ८ लाख रुपैयाँसम्मको नगद छुट, एक वर्षको निःशुल्क बीमा र विशेष छुटहरु प्राप्त गर्नेछन् । यसका साथै सबै हुन्डाई गाडीमा तीन वर्षको वारेन्टी पनि उपलब्ध हुनेछ।
ू हुन्डाई अवेसम अगष्टू योजनाको बम्पर पुरस्कारका रूपमा एक जोडीले भियतनाम भ्रमणको अवसर पाउनेछन् । विजेता जोडीको तीन रात चार दिनको खर्च कम्पनीले व्यहोर्ने विज्ञप्तिमा उल्लेख छ । नाइमा मोबिलिटी एक्स्पो अवधिमा हुन्डाई गाडी खरिद गर्ने ग्राहकहरू यो लक्की ड्रमा स्वतः सहभागी हुनेछन् । यसका अतिरिक्त, स्टलमा गाडी बुक गर्ने ग्राहकहरू दैनिक विशेष उपहारहरूको लागि छनौट हुनेछन् । दैनिक उपहारहरुमा बोस वासिङ मेसिन ह्याम्पर पनि समावेश गरिएको छ।
हुन्डाईले ग्राण्ड आई १० एनआईओएस, भेन्यू, क्रेटा इभी, क्रेटा आइस र आयोनिक ५ जस्ता आधुनिक मोडलहरुसँग नेपाली बजारमा डिजाइन र प्रविधिमा निरन्तर अगाडि बढिरहेको जनाएको छ।
यस अभियानले ग्राहकहरूलाई आकर्षक अफरहरू मात्र नभई यात्रा र उत्साहको अवसर पनि प्रदान गर्दछ। हुन्डाई नेपाल सम्पूर्ण ग्राहकवर्ग तथा गाडी किन्न इच्छुक महानुभावहरुलाई नाइमा मोबिलिटी एक्स्पो २०८२ मा हुन्डाईको स्टल भ्रमण गर्न पनि आग्रह गरेको छ ।










प्रतिक्रिया