नाइमा नेपाल मोबिलिटी एक्स्पो : दोस्रो दिन झनै उत्साहजनक(फोटोफिचर)


काठमाडौँ । बुधबारदेखि सुरु भएको नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ को आज बिहीबार दोस्रो दिन झनै उत्साहजनक देखिएको छ ।

एक्स्पोमा बीवाईडी, एमजी, हुन्डाई, महिन्द्रा, लिपमोटर, एलएस अटो, टोयोटा, स्काईवर्थ, मित्सुबिसी, निसान लगायतका ५० भन्दा बढी अटोमोटिभ ब्रान्डहरूको सहभागिता रहेको छ भने ३५ भन्दा बढी नयाँ सवारीसाधनहरू सार्वजनिक गरिँदैछ ।

गाडीका स्टल तथा मोटरसाइकलका स्टलहरुमा उमेर समुह तथा आर्थिक अवस्था अनुसारका अवलोकनकर्ताको भिड देखिएको छ । विशेष गरी युवा पुस्ताको आकर्षण पछिल्लो संस्करणका मोटरसाइकलमा देखियो भने उद्घाटन समारोहमा पुगेका उद्योगी व्यवसायी तथा आर्थिक रुपमा सम्पन्नहरु ४ पाङ्ग्रे सवारी साधनका स्टलमा व्यस्त देखिए । सो एक्स्पो ५ दिन सम्म चल्नेछ ।

 

प्रकाशित मिति: २२ श्रावण २०८२, बिहिबार  १८ : २२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।