काठमाडौं । प्रत्यक्ष नियामक भएका कम्पनी तथा फर्महरुको डलर सटहीको सीमा बढेको छ । नेपाल राष्ट्र बैंकले बिहीबार परिपत्र जारी गर्दै नियामक भएका फर्म तथा कम्पनीले सेवाको आयातमा सटही गर्ने डलरको अनुमतिको सीमा बढाएको हो ।
बीमा कम्पनीको लागि बिमा प्राधिकरण, इन्टरनेट सेवा प्रदायहरूको लागि नेपाल दूरसञ्चार प्राधिकरण जस्ता प्रत्यक्ष नियमनकारी निकायको सिफारिसमा डलर सटही सुविधा लिन सक्ने व्यवस्था गरेको केन्द्रिय बैंकले १५ हजार डलरसम्मको सटहीमा राष्ट्र बैंकको स्वीकृति नचाहिने व्यवस्था गरेको हो । १२ हजार डलरभन्दा माथिको सेवा आयातको भुक्तानीको लागि नियमनकारी निकायको सिफारिस र राष्ट्र बैंकको स्वीकृति चाहिने व्यवस्था थियो ।
डलर सटहीका लागि सिफारिस गर्ने नियामक निकायले सेवा आयातको भुक्तानी पठाउने रकम आवश्यकता र औचित्यको आधारमा यकीन गरी विद्यमान व्यवस्थाबमोजिम सटही सुविधा उपलब्ध गराउन सिफारिस गर्नुपर्ने संशोधित व्यवस्थामा उल्लेख छ । संशोधित व्यवस्था अनुसार अब एक पटकमा १५ हजार डलरभन्दा माथिको सेवा आयातको भुक्तानीको लागि मात्रै राष्ट्र बैंकको स्वीकृत चाहिने छ ।
राष्ट्र बैंकले विदेशी विनिमयसम्बन्धि ८५ वटा व्यवस्थामा एकै पटक गर्यो संशोधन
सेवा आयात गर्दाको हकमा प्रतिपटक १५ हजार अमेरिकी वा सो बराबरको परिवत्र्य विदेशी मुद्राभन्दा बढी रकमको विदेशी मुद्रा अग्रिम भुक्तानी गर्नु पर्ने भएमा विदेशी बैंकको बैंक ग्यारेण्टी आवश्यक पर्ने निर्देशनमा उल्लेख छ ।
राष्ट्र बैंकले विदेशी संस्थाले नेपालमा सञ्चालन गर्ने भाषा परीक्षाको सेवा आयातमा पनि १५ हजार डलरसम्मको लागि सटही सुविधा तोकेको शर्तहरू पूरा गरेपछि वाणिज्य बैकहरूबाटै पाउने व्यवस्था गरेको छ ।
‘विदेशी संस्थाले नेपालमा सञ्चालन गर्ने भाषा परीक्षा वा मानकीकृत परीक्षणहरू आईईएलटीएस, टोफेल, पीटीई, जिआरई, जीम्याट, स्याट को सेवा आयात नेपाली संस्थाले गर्दा त्यसको भुक्तानीको लागि प्रतिपटक १५ हजार अमेरिकी डलरसम्मको सटही सुविधा तोकेको कागजातको आधारमा वाणिज्य बैंकले प्रदान गर्न सक्नेछन्,’ निर्देशनमा उल्लेख छ ।












प्रतिक्रिया