बैतडी । जीर्ण अवस्थामा रहेका वडा कार्यालय भवन नयाँ बनाउन दोगडाकेदार गाउँपालिकाले उच्च प्राथमिता दिएको छ । हालसम्म गाउँपालिकाका ६ वटा वडा कार्यालय २ करोड ४८ लाख रुपैयाँमा नयाँ निर्माण गरिएका हुन् ।
दोगडाकेदार गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले भने, “वडा कार्यालयहरू जीर्ण भएपछि नयाँ निर्माण गरेका हौँ । सबै वडा पनि यस वर्ष निर्माण गर्ने योजना बनाएका छौँ ।”
यस्तै, गाउँपालिका भवन १ करोड ३० लाख रुपैयाँमा नयाँ निर्माण गरिएको हो । वडा कार्यालयहरू नयाँ बनेपछि इन्टरनेटको सुविधा पनि विस्तार गरिएको छ । इन्टरनेट सुविधा हुँदा पञ्जीकरण, सामाजिक सुरक्षा दर्ता तथा नवीकरणका काम सहजै वडा कार्यालयबाट भइरहेका छन् ।










प्रतिक्रिया