काठमाडौँ । एनआईसी एशिया क्यापिटल लिमिटेड योजना व्यवस्थापक रही संचालन गर्न लागिएको ‘एनआईसी एशिया इक्वीटी लिंक्ड इन्भेष्टमेन्ट स्किम’ दोश्रो खुलामुखी योजना निष्काशन भएको छ । प्रतिइकाई १० रूपैयाँ अंकित दरमा ५० करोड रूपैयाँ बराबरको ५ करोड इकाई बिक्रीमा ल्याउन लागेको हो ।
क्यापिटलले १० करोड इकाईमध्ये बीज पूँजीबाट कूल निष्काशन गरिने इकाईको १५ प्रतिशत अर्थात् १५ करोड रूपैयाँबराबरको १ करोड ५० लाख इकाई योजना व्यवस्थापक एनआईसी एशिया बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाईमध्ये ५ करोड इकाई सर्वसाधरणलाई बिक्री गर्न लागेको हो ।
फण्डमा न्यूनतम १०० इकाई र अधिकतममा १ करोड इकाईसम्म आवेदन दिन सकिनेछ । एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सो योजनाको इकाईमा भदौ २ गतेसम्म आवेदन दिन सकिने बैंकले जनाएको छ ।
तोकिएको समयमा पर्याप्त आवेदन नपरेको खण्डमा भदौ १२ गतेसम्म आवेदन दिने समय थप गरिने कम्पनीले जनाएको छ । बिक्री खुला भएको निवेदन दिने अवधि तथा बोर्डबाट थप भएको अवधि भित्र कम्तीमा ५० प्रतिशत अर्थात ५० करोड इकाई खरिद गर्न निवेदन प्राप्त भएमा इकाईको बाँडफाँट गर्न सकिनेछ । न्यूनतम संख्यामा इकाई बिक्री नभएमा योजना खारेज गरी १५ दिनभित्र निवेदकहरूको रकम फिर्ता गर्न भुक्तानी प्रक्रिया शुरू गरिनेछ ।
योजनाको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयर वेब तथा एपबाट पनि आवेदन दिन सक्नेछन् ।
म्युचुअल फण्ड निष्काशनका लागि गराएको रेटिङमा इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले कोष प्रबर्धकलाई आईआरएन ट्रिपल बी इस्यूअर रेटिङ प्रदान गरेको छ भने इक्रा नेपालले योजना व्यवस्थापकलाई केयरएनपी एएमसी क्वालिटि ३ प्लस रेटिङ प्रदान गरेको छ ।
योजनामा संकलित रकम लगानी गर्दा २० देखि ७५ प्रतिशतसम्म प्राथमिक शेयर निष्काशन गरेका कम्पनी र धितोपत्रको दोश्रो बजारमा सूचीकृत कम्पनीहमा, योजना आकारको बढीमा १५ प्रतिशत रकम स्थिर आय हुने उपकरणमा तथा १५ प्रतिशत रकम माग तथा अल्प सूचनामा आय हुने उपकरणमा लगानी गरिने बैंकले जनाएको छ । साथै, योजनाको रकम लगानी गर्दा भविष्यमा गर्न सक्ने प्रगतिलाई समेत राम्रोसँग अध्ययन तथा अनुसन्धान गरेर मात्र लगानी सम्बन्धी निर्णय गरिने बताइएको छ ।












प्रतिक्रिया