काठमाडौँ । नाडा अटो शोको १७ औँ संस्करण आजदेखि भृकुटीमण्डपमा सुरु भएको छ । अटो शोमा करिब १५ देखि २० अर्ब रुपैयाँसम्मको कारोबार हुने व्यवसायीहरुले विस्वास गरेका छन् । शोको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका हुन् ।
नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले आयोजना गरेको उक्त शो आगामी आइतबारसम्म चल्नेछ । शोमा प्रदर्शनीका लागि चीनबाट फ्लाइङ ट्याक्सीदेखि अत्याधुनिक युनिट्री रोबोटसमेत ल्याइएको छ । शोका अवसरमा विभिन्न सवारीसाधनको प्रदर्शनीसमेत गरिएको छ ।

शोमा ओलीले करण चौधरीको प्रसंशा गर्दै भने, ‘चौधरी निकै कुशल नेतृत्वकर्ता हुन ।’ उनले आफू प्रधानमन्त्री पद छोड्न तयार गरेको तर अब्बल युवाहरु भने नआएको तर्क गरे । तपाईंहरुले प्रयास गर्नु भन्दै ओलीले व्यवसायीहरु अगाडि बढाउन सरकार लागिपरेको बताए ।
शोमा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीले सवारी साधन खरिदमा लोन टु भ्यालु रेसियो बढाउनु पर्ने बताएका छन् ।
उनले १० लाख भन्दा बढीलाई प्रत्यक्ष रुपमा रोजगारी दिइरहेको दाबी गरेका छन् ।













प्रतिक्रिया