नारायणी डेभलपमेन्ट बैंकको हकप्रद शेयर समायोजन


काठमाडौँ । नारायणी डेभलपमेन्ट बैंकको हकप्रद शेयर समायोजन भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बैंकको शतप्रतिशत हकप्रद शेयर समायोजन भएको हो ।

हकप्रद शेयर निष्काशन प्रयोजनार्थ बैंकले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।

नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा मूल्य समायोजन गरेको हो। समायोजनपश्चात बैंकको शेयरमूल्य ७१८ रुपेयाँ ३३ पैसा कायम भएको छ। अघिल्लो कारोबार दिन अर्थात आइतबार दोस्रो बजारमा बैंकको अन्तिम मूल्य १ हजार ३३६ रुपैयाँ ६५ पैसा कायम भएको थियो।

यही समायोजित मूल्यलाई आधार मानेर आज दोस्रो बजारमा बैंकको शेयर कारोबार खुल्नेछ ।

प्रकाशित मिति: ९ भाद्र २०८२, सोमबार  ०९ : ४१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।