खोटो बेचेर १८ लाख बढी आम्दानी


घोराही । खोटो बेचेर वन समूहले १८ लाख रुपैयाँ बढी आम्दानी गरेका छन् । जिल्लाका ४ समुदायिक वनले १८ लाख ३७ हजार ६ सय ५७ रुपैयाँ आम्दानी गरेका हुन् ।

डिभिजन वन कार्यालयका अनुसार आर्थिक वर्ष २०८१/८२ मा ७५ हजार २५६ किलो खोटो बेचेर उक्त रकम आम्दानी भएको हो । खोटो तार्पिन र रङ बनाउन प्रयोग गरिन्छ । यो खोटो बाँके र कपिलवस्तुका उद्योगले खरिद गर्दै आएका छन् ।

आर्थिक वर्ष २०८०/८१ को तुलनामा आव २०८१/८२ मा १ लाख ९६ हजार ७५६ किलो कम खोटो सङ्कलन भएको छ । आव २०८०/८१ मा जिल्लाका ७ वटा सामुदायिक वन समूहबाट २ लाख ७२ हजार १२ किलो सल्लाको खोटो सङ्कलन भएको थियो ।

आर्थिक वर्ष २०७९/८० मा ७८ हजार किलो सल्लाको खोटो सङ्कलन गरी बिक्री गर्दा ९ लाख ३९ हजार २७ रुपैयाँ आम्दानी भएको थियो । खोटो सङ्कलन गर्ने सामुदायिक वन समूह घटेसँगै आय पनि घटेको हो ।

प्रकाशित मिति: १२ भाद्र २०८२, बिहिबार  १० : ५४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।