कृषि कर्जा ब्याज अनुदानमा किसानको सहभागिता प्रायः शून्य


भोजपुर । प्रक्रियागत झन्झटका कारण कोशी प्रदेश सरकारले सञ्चालन गरेको कृषि कर्जा ब्याज अनुदान कार्यक्रमप्रति किसानको आकर्षण नभएको पाइएको छ ।

प्रदेश सरकारले अनुदानको विकल्पमा ब्याज अनुदान कार्यक्रम सञ्चालन गरेको भए पनि यसमा सहभागी किसानको सङ्ख्या प्रायः शून्य छ ।

गत आर्थिक वर्षदेखि सुरु भएको यो कार्यक्रममार्फत हालसम्म एक जना किसानले मात्र ब्याज अनुदानमा ऋण लिएको कृषि ज्ञान केन्द्रले जनाएको छ । ऋणका लागि सात जना किसानले आवेदन गरेका थिए ।

केन्द्रका सूचना अधिकारी घनश्याम बरालका अनुसार किसानका व्यावसायिक योजना र धितोका आधारमा १० लाखदेखि ३ करोड रुपैयाँसम्म ब्याज अनुदान प्रदान गर्ने व्यवस्था छ । कृषि कर्जामा ब्याज अनुदानका लागि भोजपुरमा ७ वटा बैंकका ९वटा शाखा सूचीकृत भएका छन् ।

यसैबीच, बैंकको लामो र झन्झटिलो प्रक्रियाको कारण ऋण लिन समस्या रहेको स्थानीय किसान नरबहादुर बस्नेतले बताए । धितो मूल्याङ्कनमा समस्या हुँदा यो कार्यक्रममा किसान सहभागी नभएका उनले सुनाए ।

प्रकाशित मिति: २५ भाद्र २०८२, बुधबार  ०९ : ४० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।