काठमाडौँ । सुशिला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गर्ने बिषयमा ढिलाई भएको छ ।
संसद विघटनपछि मात्रै नियुक्ति हुने कार्कीको अडान र नियुक्ति पछि मात्रै संसद विघटन गर्ने राष्ट्रपति रामचन्द्र पौडेलको अडानका कारण उनको नियुक्तिको समय लम्बिएको शितल निवास स्रोतले जानकारी दिएको छ ।
यसबेला शितल निवास र नजिकै रहेको सेनाको भैरवनाथ गणमा यस बिषयमा छलफल भइरहेको स्रोतले बतायो । छलफलमा जेनजी प्रतिनिधि, नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल शुशिला कार्की, राष्ट्रपति रामचन्द्र पौडेल लगायत सहभागी छन् । बिहानैदेखि छलफल सु्र हुने भनिएपनि दिउँसो २ बजेदेखि मात्र छलफल सुरु भएको हो ।












प्रतिक्रिया