नेपालको न्याय प्रणालीमा पहिलो महिला प्रधान न्यायाधीश बनेकी सुशीला कार्की देशको पहिलो महिला प्रधानमन्त्री बनेकी छिन ।
प्रधानन्याधीशबाट अवकाश लिएको झण्डै ८ वर्ष पछि कार्कीले सरकार प्रमुखको जिम्मेवारी सम्हाल्ने मौका पाएकी हुन । मुलुकमा ब्याप्त राजनितिक बितृष्णाका बीच युवा पुस्ताले चलाएको जेन जी आन्दोलनले केपी ओली नेतृत्व ढालेपछी तिनै जेन जी को चाहनामा कार्की सरकार प्रमुख बनेकी हुन ।
राष्ट्रपति कार्यालयमा शुक्रबार साँझ भएको सहमतिसँगै कार्कीलाई नेपालको पहिलो महिला सरकार प्रमुख बन्ने अवसर मिलेको हो । अर्थात उनले नेपालको इतिहासमा पहिलो महिला प्रधानमन्त्रीको नाम लेखाएकी छिन ।
अन्तरिम सरकारको जिम्मेवारी पाएकी कार्कीले अब मुलुकलाई नया नेतृत्व दिने जिम्मेवारी पूरा गर्नुपर्ने छ ।










प्रतिक्रिया