काठमाडौं । ‘दुःखद क्षणहरू गुज्रिए, तर आशा हराएको छैन । आज हाम्रो पसल ध्वस्त भए पनि, तपाईंहरूको साथले हामी अझ मजबुत महसुस गरिरहेका छौं। हजारौँ सहयोगी हातहरूले सफा गर्न मद्दत गरिरहेका छन्, आँसु पुछिरहेका छन् र हामीलाई फेरि उठ्न शक्ति दिइरहेका छन्। भाट–भटेनी फेरि उभिनेछ। तपाईंहरूको साथमा, हामी भविष्यलाई अझ उज्यालो बनाउनेछौं ।’ आगजनीपछि भाटभटेनी सुपर मार्केटले जारी गरेको सन्देश हो यो ।
गत सोमबार र मंगलबार जेनजी पुस्ताले सरकार परिवर्तन लगायतका विभिन्न माग राखेर आन्दोलन गर्यो । उक्त आन्दोलनमा पनि भाटभाटेनीमा नै आगजनी र तोडफोड भयो ।
राजावादीको आन्दोलन होस् या अन्य कुनै विद्रोह । सधैँ निशानामा पर्छ भाटभटेनी सुपर मार्केट । यसरी आक्रमणमा परेपछि पनि व्यवसायमा अनवरत लागिरहेको छ भाटभटेनी ।
नाङ्लोबाट सुरु भएको मिनबहादुर गुरुङको यात्रा भाटभटेनीको स्टोरसम्म आयो । भाटभटेनीले उपभोक्तालाई सजिलो मात्र बनाएको छैन यो कयौँको रोजीरोटी पनि बनेको छ । यहाँ ५००० युवा रोजगारी गर्छन् । ५ हजार युवाले ५ हजार परिवार पालेको छ । भाटभटेनीका सञ्चालक गुरुङ भन्छन्,’भाटभटेनी अब मिनबहादुरको मात्र होइन,समाज र राज्यकै हो । जुन किसिमले प्रहार भयो त्यो निकै दुखद् छ ।’
प्राय: विभिन्न एजेण्डा लिएर भइरहने प्रदर्शनमा भाटभटेनीमाथि आक्रमण भइरहेको देखिन्छ । भाटभटेनी जस्तो विशाल र सयौँलाई रोजगारी दिन सक्ने क्षमता भएको संस्था आन्दोलनको मुठभेडमा पर्नु भनेको हजारौँ परिवार माथिको प्रहार हो ।
हुन त जेनजी आन्दोलन (विद्रोह)का क्रममा भाटभटेनी मात्र नभई सिंहदरबार, संसद भवन, शीतलनिवास, सर्वोच्च अदालत, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र अर्थ मन्त्रालय मातहत १४ वटा आन्तरिक राजस्व कार्यालय, पाँच भन्सार कार्यालय जलेर नष्ट भए । दुई दर्जन होटलमा क्षति पुग्यो ।
होटलमा मात्रै २५ अर्ब रुपैयाँको लगानी स्वाहा भएको अनुमान छ । सोही आन्दोलनमा परी ५१ जनाले ज्यान गुमाइसकेका छन् ।
जेनजी पुस्ताको माग स्वतन्त्रता, कानुनको शासन र पारदर्शी सरकार हो । सरकारदेखि असन्तुष्ट युवाले सरकारी कार्यालयहरूमा क्षति पुर्याए पनि भाटभटेनीमा नोक्सान गर्नु भनेको देशको रोजगारी, देशमै केही गर्छु भन्नेलाई झन् हतोत्साहित गर्न खोजेको जस्तो देखिएको छ ।
भाटभटेनीका संस्थापक तथा प्रबन्ध निर्देशक मिनबहादुर गुरुङले ४१ वर्षअघि ३५ हजार रुपैयाँ लगानीमा स्थापना गरेको नेपालकै सबैभन्दा ठूलो खुद्रा व्यापार चेन भाटभटेनी सुपर मार्केटले अहिलेसम्म २८ शाखा विस्तार गरिसकेको छ ।
तर, त्यही विशाल भाटभटेनी स्टोरमध्ये ठूला एक दर्जन स्टोर पूर्णरूपमा ध्वस्त भएका छन् । प्रदर्शनकारीले भाटभटेनीका ती स्टोरमा तोडफोड र लुटपाट पछि आगजनी गरे । जसले सबै स्टोर जलेर खरानी भयो ।
नेपाली युवामध्ये ९५ प्रतिशत महिलालाई रोजगारी दिइएको यस संस्थालाई बर्बरतापूर्ण आक्रमण गर्नु दु:खद् भएको भाटभटेनीका संस्थापक गुरुङ बताउँछन् । उनले भनेका छन्,’ यो मिनबहादुरको मात्र सम्पत्ति हैन राष्ट्रको सम्पत्ति हो, जुन क्षति गरियो दुखद् भयो ।’
तरकारी फलफूलले पनि स्थान पाउँथ्यो । साना उद्योगी जसले अनर्सा, सेलरोटी बनाउँथे उनीहरुले पनि भाटभटेनीमा स्थान पाउथेँ । आन्दोलनले मीनबहादुरको सपना लगायत यी व्यवसायीको भविष्यमा पनि प्रहार गरेको छ ।
चैत १५ गते राजा फर्काउने भन्दै गरिएको आन्दोलनले कोटेश्वरको भाटभाटेनी तोडफोड र लुटपाट भयो । राजावादी अराजक समूहको लुटपाट र तोडफोडका क्रममा ८० लाख ३३ हजार रुपैयाँ बराबरको क्षति बेहोरेको भाटभटेनीले यो पटकको क्षति यकिन गर्न निकै कठिन छ । भवनहरू नै जलेर खण्डहर बनेका छन् ।
बारम्बार भाटभटेनी आन्दोलनकर्ताको निशानामा पर्नु एक व्यापारीमाथिको आक्रमण त छँदै छ, यसले किसानका सपना पनि मारिरहेको छ । किनकी भाटभाटेनीले दुध,घिउ लगायतका डेरीका उत्पादनहरुलाई स्थान दिने गरेको थियो ।
यस्तै, तरकारी फलफूलले पनि स्थान पाउँथ्यो । साना उद्योगी जसले अनर्सा, सेलरोटी बनाउँथे उनीहरुले पनि भाटभटेनीमा स्थान पाउथेँ । आन्दोलनले मीनबहादुरको सपना लगायत यी व्यवसायीको भविष्यमा पनि प्रहार गरेको छ ।
भाटभटेनी सुपर स्टोरका प्रमुख सञ्चालन अधिकृत (सीओओ) पानु पौडेलका अनुसार काठमाडौंको नक्साल स्टोर, महाराजगञ्ज, बौद्ध, कोटेश्वर र बालुवाटारको वेयरहाउसमा तोडफोड, लुटपाट र आगजनी गरिएको छ । यी सबै स्टोर पूर्णरूपमा ध्वस्त छन् । त्यस्तै पोखरा, चितवन, हेटौंडा, बिर्तामोड, दमक, विराटनगर र धरानका सुपर स्टोर पनि पूर्णरूपमा ध्वस्त भएका छन् ।
यसबाहेक तोफोड र लुटपाट भएका स्टोर भने एक दर्जन हाराहारी छन् । काठमाडौं उपत्यकाका कलंकी, बालाजु र थिमि, उपत्यका बाहिरका जनकपुर, बुटवल, वीरगञ्ज, धनगढी, इटहरी र भैरहवा स्टोरमा तोडफोड र लुटपाट भएका छन् । यी स्टोरहरुमा भने आगजनी नभएको पौडेलले बताए ।
‘ प्रत्येक दिन १० करोड ६८ लाख रुपैयाँ बराबर कारोबार हुने हुन्छ, एकदिन बन्द गर्नुपर्यो भने १० करोड ६८ लाख रुपैयाँ घाटा हुन्छ यसको जिम्मेवारी को हुन्छ ? ’
काठमाडौं उत्यकाका टोखा, सातदोबाटो, अनामनगर, सानागाउँ, त्रिपुरेश्वर र पाटन र उपत्यका नेपालगञ्ज भने सुरक्षित रहेको उनले बताए ।
‘सबै अस्तव्यस्त बनेको छ, सीओओ पौडेलले भने, ‘कहाँबाट सुरु गर्ने र के गरि गर्ने केही टुंगो छैन, चाबाहिल पोखरा लगायतका केही स्टोर त पुरै खण्डहर बनेका छन् । यसलाई मर्मत गर्ने कि पुनः नयाँ बनाउने भन्ने नै अलमल्लमा छौँ ।’
कति क्षती भयो, कति लुटियो भन्ने नै यकिन भइनसकेकोले आर्थिक क्षतीको विवरण आउन अझै एक महनिा लाग्ने उनले बताए । ‘आन्दोलन र विरोध प्रदर्शनले आर्थिक क्षती त व्यहोर्नु परेको छ नै भाटभटेनीलाई बिस्तारै मुलुकका ७७ जिल्लामै विस्तार गर्ने योजना पनि पछि धकेलेको छ ,’ सीओओ पौडेलले भने ।
आफुहरु जहिले पनि आन्दोलनको टार्गेटमा हुने गरेको उनले बताए । ‘नेपालमा सधैँजसो आन्दोलन हुन्छ, हामीले साना होस् या ठूला सबै आन्दोलनमा भाटभटेनी नै बन्द गर्नुपर्ने अवस्था छ । उनले भने, ‘ प्रत्येक दिन १० करोड ६८ लाख रुपैयाँ बराबर कारोबार हुने हुन्छ, एकदिन बन्द गर्नुपर्यो भने १० करोड ६८ लाख रुपैयाँ घाटा हुन्छ यसको जिम्मेवारी को हुन्छ ? ’
यता, सधैँजसो आन्दोलन भाटभटेनी केन्द्रित हुँदा पसल सञ्चालन गर्न जान नै डर लाग्ने गरेको भाटभटेनीमा पसल सञ्चालन गर्ने व्यापारी बताउँछन् । कर्मचारीहरुलाई कुन बेला कसले आक्रमण गर्ने हो भन्ने चिन्ताले पिरोल्न थालेको छ ।
भाटभटेनीलाई सत्तासँग मिलेमतो गर्ने ठूला व्यपारीको रुपमा हेरिने भएकोले पनि सरकार विरुद्धको जुनसुकै आन्दोलनले भाटभटेनीलाई निशानामा पार्ने गरेको विश्लेषकहरु बताउँछन् । यस्तै, भाटभटेनीलाई कर छली, अनिमितता वा सरकारी संरक्षण पाएको भन्ने आरोप लाग्दै आएकोले पनि भाटभटेनी सरकार विरुद्धको आन्दोलनले भाटभटेनी तोडफोड हुने गरेको उनीहरुको तर्क छ ।










प्रतिक्रिया