खाँदबारीमा खानेपानी आपूर्ति ठप्प


सङ्खुवासभा । सदरमुकाम खाँदबारीमा खानेपानी आपूर्ति बन्द भएको छ । आइतबार राति वर्षासँगै आएको पहिरोले खानेपानीको मुहान पहिरोले पुरिएपछि  आपूर्ति बन्द भएको हो ।

उक्त आयोजनाबाट खाँदबारी बजारका करिब १ हजार परिवार लाभान्वित हुँदै आएका थिए । खाँदबारी नगरपालिका–४ महभिरमा पहिरोले पाइप बगाएपछि खाँदबारीमा पानी आपूर्ति अवरुद्ध भएको खानेपानी तथा उपभोक्ता संस्थाका अध्यक्ष दिव्यराज बरालले जानकारी दिए। पहिरोले यसअघि यही भदौ ५ गते पहिरोले मुहानको इन्टेक पुरेको थियो । करिब एक साता खानेपानी वितरण ठप्प भएको थियो ।

खानेपानी अवरुद्ध भएपछि तत्कालका लागि खाँदबारी–७  सेनाको क्याम्पमा रिजर्भमा रहेको ट्याङ्कीबाट वितरण गरिने अध्यक्ष बरालले बताए। मर्मतका लागि आजैदेखि टोली परिचालन गरिएको र चाँडै खानेपानी आपूर्ति सञ्चालन गरिने  उनको भनाइ छ । खानेपानी आपूर्ति रोकिएपछि स्थानीयवासी पुराना कुवामा निर्भर भएका छन् ।

प्रकाशित मिति: ३० भाद्र २०८२, सोमबार  १३ : २१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।