प्रहरीको तलब काटेर मृतक प्रहरीका परिवारलाई १० लाख दिइने


काठमाडौँ। नेपाल प्रहरीको तलब कट्टा गरी मृतक प्रहरीका परिवारलाई १० लाख रुपैयाँका दरले सहयोग उपलब्ध गराइने भएको छ ।

प्रहरी महानिरीक्षकदेखि प्रहरी निरीक्षकसम्मको तलबबाट कट्टा गरी मृतक परिवारलाई १० लाख रुपैयाँका दरले सहयोग उपलब्ध गराउने निर्णय गरिएको प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेलेले जानकारी दिए ।

उनले जारी गरेको सूचनामा भनिएको छ, ‘यही भदौ २३ र २४ गते आन्दोलनका क्रममा कर्तव्यपालनाको सिलसिलामा मृत्युवरण गरेका अमर प्रहरीका परिवारजनलाई प्रहरी महानिरीक्षकदेखि प्रहरी निरीक्षकसम्मको तलब कट्टा गरी प्रतिपरिवार जनही १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय भएको ब्यहोरा अनुरोध छ।’

प्रकाशित मिति: ३१ भाद्र २०८२, मंगलबार  ०६ : ५९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।