भद्रपुर । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो २ महिनामा काँकरभिट्टा नाकाबाट २ अर्ब ८४ करोड ४८ लाख ८४ हजार रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएको छ । नाकाबाट पेट्रोल, डिजेल, एलपिग्यास, एटिएफ, मट्रितेल आयात भएको हो ।
मेची भन्सार कार्यालयका सूचना अधिकारी एंव भन्सार अधिकृत ईश्वरकुमार हुमागाईका अनुसार गत आवको सोही अवधिको तुलनामा नाकाबाट आयात हुने पेट्रोलियम पदार्थ १० करोड ६१ लाख २८ हजार रुपैयाँ अर्थात ३ दशमलव ६० प्रतिशतले घटेको छ । यद्यपि पेट्रोलियम पदार्थबाट प्राप्त राजश्व शून्य दशमलव ५० प्रतिशत अर्थात ६४ लाख ३ हजार रुपैयाँले बढेको उनले बताए।
कार्यालयको तथ्याङ्क अनुसार गत साउन-भदौ महिनामा पेट्रोलियम पदार्थ आयातबाट १ अर्ब ३९ करोड ८६ लाख ३० हजार रुपैयाँ राजश्व सङ्कलन भएको छ । उक्त अवधिमा १ अर्व ४२ करोड ७२ लाख रुपैयाँमूल्य बराबरको १६ हजार ३ सय ५२ किलोलिटर पेट्रोल आयात भएको थियो । यसैगरी ८४ करोड ४२ लाख रुपैयाँ मूल्य बराबरको ९ हजार ४ किलोलिटर डिजेल आयात भएको छ ।
यसैगरी ४० करोड ४९ लाख रुपैयाँ मूल्य बराबरको ४ हजार दुई ३३ मेट्रिक टन एलपी ग्यास, १३ करोड २८ लाख रुपैयाँ मूल्य बराबरको १ हजार ४८८ किलोलिटर एटिएफ र २ करोड २२ लाख रुपैयाँ मूल्यबराबरको २ सय ४८ किलोलिटर मट्टितेल आयात भएको छ ।












प्रतिक्रिया