गुराँस लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति?


काठमाडौँ । गुराँस लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०८१।८२ का लागि लाभांश घोषणा गरेको छ।

संस्थाको सञ्चालक समितिको बुधबार बसेको बैठकले उक्त आर्थिक वर्षको सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्तपुँजी ११ करोड ५८ लाख ४९ हजार ५०० रुपैयाँको कुल १५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसमा १४.२५ प्रतिशतले हुन आउने १ करोड ६५ लाख ८ हजार ५५३.७५ रुपैयाँबराबरको बोनस शेयर र कर प्रयोजनार्थ ०.७५ प्रतिशतले हुन आउने ८ लाख ६८ हजार ८७१.२५ रुपैयाँबराबरको नगद लाभांश छन्।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी साधारणसभाबाट पारित गरी शेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।

प्रकाशित मिति: ९ आश्विन २०८२, बिहिबार  १२ : ३३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।