काठमाडौँ । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि., नेपालका लागि ह्युन्डाई गाडीको आधिकारिक वितरकले दशैं–तिहार अफर “दशैं तिहार, १० गुणा उपहार” अन्तर्गत पहिलो ग्राण्ड विजेता घोषणा गरेको छ।
धनगढीका अभिषेक चौधरीले हुन्डाई क्रेटा खरिद गरी दशैं–तिहार अफरअन्तर्गतको स्क्र्याच कार्डमार्फत १० लाख जित्ने पहिलो भाग्यशाली ग्राहक बनेका छन्।
यो अफर भदौ २ गतेबाट सुरु भएको हो । जसअन्तर्गत ग्राहकहरूले ८ लाख रुपैयाँसम्मको नगद छुट, १० लाख रुपैयाँसम्मको स्क्र्याच कार्ड पुरस्कार, २० हजार रुपैयाँसम्मको लोयल्टी बोनस, साथै १ वर्षको निःशुल्क कम्प्रिहेन्सिभ इन्स्योरेन्स र सडक कर पाउने व्यवस्था गरिएको छ। प्रत्येक ह्युन्डाई गाडीमा ३ वर्षको वारेन्टी र ६ वर्षसम्मको निःशुल्क सर्भिसिङ सुविधा समेत उपलब्ध हुनेछ।
ह्युन्डाई नेपालले अभिषेक चौधरीलाई हार्दिक बधाई ज्ञापन गर्दै सम्पूर्ण ग्राहकवर्गलाई नजिकको ह्युन्डाई शोरुममा पधारी “दशैं तिहार, १० गुणा उपहार” अफरको लाभ उठाउन हार्दिक आमन्त्रण गर्दछ।












प्रतिक्रिया