दसैँमा गाडी किन्दै हुनुहुन्छ ? कुन कम्पनीमा कस्तो छ अफर ?


काठमाडौँ । दसैँ, तिहारजस्ता ठुला चाडबाड नजिकिएसँगै गाडी कम्पनीहरूले विभिन्न अफर सार्वजनिक गरेका छन् ।

अन्य समयको भन्दा चाडपर्वको समयमा गाडि धेरै बिक्री हुने भएकोले यो समयमा अफर सार्वजनिक गरेका हुन् ।

दशैं–तिहारका अवसरमा नयाँ सवारी किन्ने योजनामा रहेकाहरुलाई यो समय उपयुक्त अवसर बनेको छ ।

तर, यसपालिको जेनजी आन्दोलनका कारण अटो क्षेत्र पनि प्रभावित बनेकोले केही कम्पनीहरुले मात्रै अफरको योजना ल्याएका छन् ।

स्कोडा नेपालमा चार लाख रुपैयाँसम्म नगद छुट

स्कोडा नेपालले यसपटकको चाडपर्वलाई लक्षित गरी ‘स्कोडा फेस्टिभ डिलाइट २०८२’ नामक अभियान सुरु गरेको छ । यो अभियानअनुसार ग्राहकहरूले चाडपर्वको यो सिजनमा खुसी, रोमाञ्चक अनुभव र विशेष सुविधाहरू पाउनेछन् ।

“फास्ट एन्ड फियरलेस” भन्ने थिमसहित सुरू गरिएको यो अभियानमा स्कोडाले साहस र एकताको भावना फैलाउँदै प्रिमियम ड्राइभिङ अनुभव प्राप्त गर्न अझ सजिलो बनाइरहेको छ ।

यो अभियानअन्तर्गत स्कोडाको कुनै पनि मोडल खरिद गर्ने ग्राहकहरूले २० प्रतिशत डाउनपेमेन्ट, चार लाख रुपैयाँसम्म नगद छुट र सबैभन्दा विशेष, कतार ग्रान्ड प्रिक्स २०२५ प्रत्यक्ष हेर्ने मौका पाउनेछन्, जुन वर्ल्ड क्लास मोटरस्पोट्र्स हेर्न जीवनमै एकपटक पाइने अद्वितीय अवसर हो ।

एलएस अटोको गाडी खरिदमा कुल ८ लाख सम्मको लाभ लिन सकिने

एलएस अटोको नेपाली आधिकारिक आयातकर्ता कम्पनी ब्लु कर्पोरेसनले चाडपर्व लक्षित गर्दै ‘फेस्टिभ अफर’ ल्याएको छ ।

नजिकिँदै गरेको दसैं, तिहार लक्षित गर्दै ल्याएको यो अफरमा रहेर गाडी किन्दा न्यूनतम डाउन पेमेन्ट सुविधादेखि उपहार तथा नगदमा भारी छुट ग्राहकले पाउने छन् ।

विभिन्न छुट र बोनस समावेश सहित गाडी खरिदमा कुल ८ लाख रुपैयाँसम्मको लाभ लिन सक्ने गरी फेस्टिभ अफर आएको कम्पनीका महाप्रबन्धक नवीन फुयाँलले जानकारी दिए ।

कम्पनीले बिक्री गर्दै आएको ‘एलईभी–०१’ गाडी ग्राहकले यो अफर अन्तर्गत केवल २० प्रतिशत डाउन पेमेन्टमा घर लैजान सक्नेछन् ।

अफर अन्तर्गत गाडी किन्ने ग्राहक जोडीले निःशुल्क ५ रात ६ दिनको सिङ्गापुर र मलेसिया घुम्ने अवसर प्राप्त गर्ने छन् ।

यस्तै फेस्टिभ अफरमा कम्पनीले १ लाख नगद छुट, १ लाख रुपैयाँको एक्स्चेन्ज बोनस, निःशुल्क बीमा सुविधा प्रदान गरेको छ ।

कम्पनीका अनुसार यही अफरभित्र गाडी किन्दा १० किलो क्षमताको वासिङ मेसिन निःशुल्क दिइने जनाइएको छ ।

हुन्डाई नेपालमा १० गुणा उपहार

नेपालका लागि हुन्डाई गाडीको अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले सधै झैँ यस वर्ष पनि दशैँ–तिहारको अवसरमा विशेष अफर “दशैं–तिहार, १० गुणा उपहार” घोषणा गरेको छ।

दशैं, तिहार र छठको उत्सवलाई रोचक एवं हर्षोल्लास बनाउन हुन्डाईले ‘दशैँ–तिहार, १० गुणा उपहार’ अफर घोषणा गरेको छ।

यस अफरअन्तर्गत ग्राहकहरूले ८ लाख रुपैयाँसम्मको आकर्षक नगद छुट प्राप्त गर्न सक्नेछन्। साथै, र्स्क्याच कार्डमार्फत १० लाख रुपैयाँसम्मको थप छुट जित्ने अवसर समेत पाउनेछन्।

यसका साथै, ग्राहकहरूले २० हजार रुपैयाँसम्मको लोयल्टी बोनस पाउनेछन्। प्रत्येक गाडी खरिदमा १ वर्षको निःशुल्क कम्प्रिहेन्सिभ इन्स्योरेन्स र सडक कर पनि उपलब्ध हुनेछ।

हरेक हुन्डाई गाडीमा ३ वर्षको वारेन्टी र ६ वर्षसम्मको निःशुल्क सर्भिसिङ सुविधा दिइनेछ, जसले ब्रान्डको गुणस्तर, भरपर्दोपन र दीर्घकालीन ग्राहक सन्तुष्टिप्रतिको प्रतिबद्धता झल्काउँछ । यो अफर भदौ २ देखि सुरु भएको छ।

प्रकाशित मिति: १२ आश्विन २०८२, आइतबार  १४ : ४३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।