अर्थ मन्त्रालयले भन्यो: घरमा धेरै पैसा नराख्नु !


काठमाडौं । अर्थ मन्त्रालयले ठूलो परिणाममा नगद घरमा नराख्न आग्रह गर्दै विद्युतीय कारोबारमार्फत भुक्तानीका लागि प्रोत्साहन गरेको छ ।

मन्त्रालयले सूचना जारी गर्दै जुनसुकै कारोबार सम्भव भएसम्म विद्युतीय भुक्तानीमार्फत गर्न अनुरोध गरेको हो ।

मन्त्रालयले विभिन्न व्यक्तिले स्रोत नखुलेको रकम आफ्नो निवास वा अन्यत्र लुकाई राखेको सम्बन्धमा सम्पत्ति शुद्धीकरणमा अनुसन्धान भइरहेको समेत जनाएको छ ।

त्यस्तै स्रोत खुलेको र प्रचलित कानूनबमोजिम आय आर्जन भएको रकम आफूसँग राख्न व्यवधान नरहेको समेत मन्त्रालयले प्रष्ट पारेको छ ।

 

प्रकाशित मिति: १३ आश्विन २०८२, सोमबार  १२ : २८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।