इलाममा पहिरोमा परी १४ जनाको मृत्यु


काठमाडौँ । पहिरोमा पुरिएर इलाममा १४ जनाको मृत्यु भएको छ ।

प्रमुख जिल्ला अधिकारी सुनिता नेपालका अनुसार माइजोगमाई गाउँपालिका–५ मानेभञ्ज्याङमा पाँच, इलाम नगरपालिका–६ घोसमा छ र माङ्सेबुङ गाउँपालिका–१ मा तीन जनाको मृत्यु भएको हो ।

पहिरो खसेका कतिपय स्थान दुर्गम क्षेत्रमा रहेकाले घटनास्थलतर्फ प्रहरी जानेक्रम जारी छ । पहिरोमा परेकाहरुको स्थानीयले उद्धार गरिरहेकाले मृतकको सङ्ख्या बढ्नसक्ने उनले बताए ।

यसैबीच, पहिरोमा परी नौ जना बेपत्ता भएका सशस्त्र प्रहरी बल नेपालले जनाएको छ ।

प्रकाशित मिति: १९ आश्विन २०८२, आइतबार  १२ : ३८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।