नेपाल इन्जिनियरिंङ भू–विज्ञान समाजको सातौँ वार्षिक साधारण सभा सम्पन्न

नयाँ कार्यसमिति चयन


काठमाडौँ । नेपाल इन्जिनियरिंङ भू–विज्ञान समाजको सातौँ वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न भएको छ । नेपाल इन्जिनियरिंङ भू–विज्ञान समाज इन्टरनेशनल एशोसिएसन फर इन्जिनियरिङ्ग जियोलोजी एण्ड द एनभाइरोन्मेन्टको नेपाल राष्ट्रिय समूह हो ।

यसको वार्षिक साधारण सभा आज आइतबार सफलतापूर्वक सम्पन्न भएको छ। यस साधारण सभामा नयाँ कार्यसमिति गठन गरिएको छ । जसलाई आगामी कार्यकालका लागि निर्बिरोध निर्वाचित गरिएको हो ।

नव निर्वाचित समिति नेपाल र विदेशमा उच्च शिक्षा, अनुसन्धान, तथा सहकार्यमा महत्वपूर्ण योगदान दिएका विद्वान तथा प्रतिष्ठितहरूको यस सञ्जालको नेतृत्व गर्न पाउँदा सम्मानित र गर्वित महसुस गरेको छ । यो नयाँ कार्यसमितिले नेपालको इन्जिनियरिंङ भू–विज्ञानको विकास गराउन महत्वपूर्ण भूमिका खेल्नेछ ।

नव–निर्वाचित कार्यसमितिमा प्रा. डा. कुमुद राज काफ्ले अध्यक्षमा चयन भएका छन् ।

त्यसैगरी, उपाध्यक्ष डा. कञ्चन चौलागाई, सचिव उज्ज्वल कृष्ण रघुवंशी, संयुक्त सचिव सञ्जीव रेग्मी, कोषाध्यक्ष प्रविण उपाध्यायन कँडेल, सदस्य ध्रुव तिवारी र सदस्य अनिल कुमार चौधरी चयन भएका छन् ।

प्रकाशित मिति: २६ आश्विन २०८२, आइतबार  १६ : ३६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।