काठमाडौँ । नेपाल राष्ट्र बैंकले समृद्धि फाइनान्स कम्पनी र पोखरा फाइनान्सलाई मर्जरको लागि सैद्धान्तिक सहमति दिएको छ।
केन्द्रीय बैंकले गत सोमबार पत्र पठाउँदै मर्जर प्रयोजनका लागि कार्यसम्पादन गर्न दुवै फाइनान्सलाई सैद्धान्तिक सहमति प्रदान गरेको हो।
दुवै कम्पनीबीच गत साउन ४ गते शेयर स्वामित्व बराबर अर्थात १ः१ अनुपात कायम हुने गरी आपसमा मर्जर हुने सम्झौता भएको थियो।समृद्धि फाइनान्सको २३ औँ र पोखरा फाइनान्सको २७ औँ वार्षिक साधारणसभाले दुवै कम्पनी मर्जरमा जाने प्रस्ताव पारित गरेको थियो।












प्रतिक्रिया