गरिमा विकास बैंकको लाभांश घोषणा


काठमाडौँ । गरिमा विकास बैंक लिमिटेडले सेयरधनीहरुलाई गत आर्थिक वर्षको अन्त्यमा कायम रहेको सञ्चित मुनाफाबाट १०.५३ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

बैंकले चुक्ता पूँजीको ६ प्रतिशत बोनश शेयर र प्रस्तावित बोनस शेयर र नगद लाभांशको कर सहित ४.५३ प्रतिशत नगद लाभांश गरी कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने भएको हो ।

आश्विन २७ गते सोमबार बसेको सञ्चालक समितिको ३३४औँ बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको थियो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भई विकास बैंकको आगामी वार्षिक साधारण–सभाबाट पारित भएपश्चात शेयरधनीहरुलाई वितरण हुने छ ।

हाल ५ अर्ब ६८ करोड ५ लाख १७ हजार ३ सय २७ रुपैँया ५७ पैसा चुक्ता पूँजी रहेको छ । बैंकको सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकबाट स्वीकृत भई आगामी उन्नाइसौँ वार्षिक साधारण–सभाबाट पारित भएपश्चात बैंकको चुक्ता पूँजी ६ अर्ब २ करोड १३ लाख ४८ हजार ३ सय ६७ रुपैँया २२ पैसा कायम हुनेछ ।

प्रकाशित मिति: २९ आश्विन २०८२, बुधबार  १६ : २० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।