सानिमा बैंकको साधारणसभा सम्मन्न, लाभांश प्रस्ताव पारित


काठमाडौँ । सानिमा बैंक लिमिटेडको आज कात्तिक २ गते काठमाडौँको भाटभटेनीस्थित आम्रपाली बैंक्वेटमा बिहान १० बजेदेखि बसेको २१ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ।

उक्त साधारणसभाले चुक्ता पूँजीको ७.३६८५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ। साथै २ अर्ब रुपैयाँ बराबरको ‘८.२५ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’ जारी गर्ने विशेष प्रस्ताव पनि सभाले पारित गरेको छ।

त्यसैगरी गत आवको वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्ति गरेर निजको पारिश्रमिक निर्धारण गरिएको छ भने संस्थापक समूह ‘क’ बाट ३ जना सञ्चालकको निर्वाचन र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अधिकार दिने प्रस्ताव पनि पारित भएको छ। सञ्चालक समितिको अध्यक्षमा तुक प्रसाद पौडेल दोहोरिएका छन् भने सदस्यमा बलराम पराजुली र निशा कुम्पाख निर्वाचित भएका छन्।

साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ यस बैंकले असोज २७ गते एक दिन बुक क्लोज गरेको थियो।

प्रकाशित मिति: २ कार्तिक २०८२, आइतबार  १७ : २८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।