काठमाडौँ । आज तिहारको तेस्रो दिन धनधान्य देवी लक्ष्मीको पूजा गरी देशभर मनाइँदै छ । कात्तिक कृष्ण औँसीका दिन आज धनधान्य र समृद्धिकी देवी लक्ष्मीको पूजा गरी लक्ष्मी पूजा पर्व मनाइँदै छ ।
तिहारलाई फूलैफूल, झिलिमिलि र रंगहरुको पर्व हो ।
तिहारमा लक्ष्मीलाई घर भित्र्र्याउनका लागि घर झिलिमिली बनाएर सजाउनुका साथै लक्ष्मी पूजाका दिन आँगनमा रंगोली बनाएर दिप बाल्दै लक्ष्मीलाई घर भित्र्र्याउने परम्परा रहिआएको छ ।
रंगोली भारतको प्राचीन सांस्कृतिक परम्परा तथा लोक–कला हो । भिन्नभिन्न प्रदेशहरूमा रंगोलीको नाम र त्यसको शैलीमा भिन्नता हुनसक्छ । तर, यसको पछाडि निहित भावना र संस्कृतिमा पर्याप्त समानता छ ।
यसको यहीँ विशेषता यसलाई विविधता दिन्छ र यसको विभिन्न आयामहरूलाई पनि प्रदर्शित गर्दछ । यसको प्रयोजन सजावट र सुमंगल छ । यसलाई प्रायः घरको महिलाहरू बनाउछन् । विभिन्न अवसरहरूमा बनाइने यी पारम्परिक कलाकृतिहरूको विषय अवसरको अनुकूल अलग–अलग हुन्छ ।
यसको लागि प्रयोगमा ल्याइने पारम्परिक रङ्गहरूमा पिसेको सुख्खा वा गीलो चामल, सिन्दुर, रोली, हल्दी, सुख्खा आटा र अन्य प्राकृतिक रङ्गहरूको प्रयोग गरिन्छ तर अब रंगोलीमा रासायनिक रङ्गहरूको प्रयोग पनि हुनलागेको छ ।
रंगोलीलाई द्वारको देहरी, आँगनको केन्द्र र उत्सवको लागि निश्चित स्थानको बीचमा वा चारैतर्फ बनाइन्छ । कहिलेकाहीँ यसलाई फूलहरू, लठ्ठी वा कुनै अन्य वस्तुको पदार्थ वा चामल आदि अन्नबाट पनि बनाइन्छ ।

रङ्गोलीको इतिहास
प्राचीन कालमा रङ्गोलीलाई अल्पना भनिन्थ्यो । अल्पनाको अर्थ लेप लगाउनु हुन्छ । प्राचीन कालका घरहरूमा रङ्गीन तथा कलात्मक चित्रहरूको लेपनले घरमा धनधान्य हुन्छ भन्ने विश्वास गरिन्थ्यो । त्यसैले विशेषगरी तिहार तथा उत्सवहरूमा रङ्गोली बनाइन्थ्यो । रङ्गोलीले समृद्धि तथा खुसियाली ल्याउने विश्वास गरिन्छ ।
पछिल्लो समय हरेकले आँगनतिर रङ्गोली बनाएर उत्सव मनाउन थालेका छन् । यस्तो गर्नु भनेकै विश्वव्यापीकरण हो ।
अधिकांश रङ्गोलीमा स्वास्तिकहरू, कमलका फूलहरू वा लक्ष्मीका पदचिह्नहरूमा सप्तरंगी रंगले बनेका हुन्छन् । फूल र रंगबाट बनेका रंगीन रंगोलीले सबैको ध्यान आकर्षण गर्दछ ।
रंगोली बनाउनका लागि दीपावलीको दिनमा मुख्य ढोका बाहेक, देवी लक्ष्मीको मूर्तिको अगाडि गोलाकार रंगोली बनाउछन् ।

किन बनाइन्छ रंगोली ?
रंगोली धार्मिक, सांस्कृतिक आस्थाको प्रतिक मानिन्छ । यसलाई आध्यात्मिक प्रक्रियाको एक महत्वपूर्ण अंग मानिन्छ । अहिले आँगनमा लिपपोत गरेर रंगोली बनाइन्छ । यसले भूमि शुद्धीकरणको भावना एवं समृद्धिको आह्वान गरिएको बुझिन्छ । यसको अर्को सांकेतिक अर्थ हो, शरीर नश्वर छ भन्ने जान्दाजान्दै जीवनलाई रंगीन बनाउनुपर्छ । यो रचनात्मक अभिव्यक्तिको माध्यमसमेत हो जस कारण रङ्गोली बताइन्छ ।












प्रतिक्रिया