शीर्ष स्थानमा रहेका कम्पनीहरूमा सेयर खरिद भन्दा बिक्री चाप बढ्दो !


काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार रकमको आधारमा शीर्ष स्थानमा रहेका कम्पनीहरूमा सेयर खरिद भन्दा बिक्री चाप खरिद बढी देखिएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार गत असोज महिनामा कारोबारका कुल ९२ वटा कम्पनीमध्ये ५० वटा कम्पनीमा खरिद चाप देखिएको हो । यी कम्पनीहरुबाट सेयर बिक्री भन्दा खरिद भढी भएको छ ।

कारोबार रकमको आधारमा शीर्ष स्थानमा रहेका कम्पनीहरुमा पनि बिक्रीमा भन्दा खरिदमानै चाप देखिएको छ । नेप्सेमा अनुसार असोजमा कारोबार रकमको आधारमा ७ अर्ब ७८ करोड २७ लाख ६३ हजार रुपैयाँको कारोबार सहित नासा सेक्युरीटी शीर्ष स्थानमा रहेको छ ।

उक्त कम्पनीबाट ३ अर्ब ९० करोड १३ लाख ८८ हजार रुपैयाँ सेयर खरिद हुँदा ३ अर्ब ८८ करोड १३ लाख ७५ हजार रुपैयाँको सेयर बिक्री भएको छ ।

कारोबार रकमको आधारमा ५ अर्ब ६२ करोड ७० लाख ९ हजार रुपैयाँको कारोबार सहित भिजन सेक्युरीटी दोस्रो स्थानमा रहेको छ । उकत कम्पनीबाट २ अर्ब ९० करोड ५४ लाख ८८ हजार रुपैयाँको सेयर खरिद हुँदा २ अब ७२ करोड १५ लाख २१ हजार रुपैयाँको सेयर बिक्री भएको छ ।

यस्तै कारोबार रकमको आधारमा तेस्रो स्थानमा रहेको इम्पेरियल सेक्युरिटीले ४ अर्ब ३६ करोड ६७ लाख ४६ हजार रुपैयाँको कारोबार गरेको छ । उक्त कम्पनीबाट २ अर्ब ४३ करोड ४ लाख ९५ हजार रुपैयाँको सेयर खरिद हुँदा १ अर्ब ९३ करोड ६२ लाख ५० हजार रुपैयाँको सेयर बिक्री भएको छ ।

चौथो स्थानमा रहेका क्यापिटल म्याक्सले ३ अर्ब १७ करोड २ लाख ६४ हजार रुपैयाँको कारोबार गरेको छ । उक्त कम्पनीले १ अर्ब ७७ करोड ८१ लाख ४३ हजार रुपैयाँको सेयर बिक्री गर्दा १ अर्ब ७८ करोड ९५ लाख ६४ हजार रुपैयाँको सेयर खरिद गरेको नेप्सेले जनाएको छ ।

यस्तै पाँचौँ स्थानमा रहेको एबीसी सेक्युरीटीज् कम्पनीले ३ अर्ब ५६ करोड रुपैयाँको सेयर कारोबार गरेको छ । उक्त कम्पनीबाट १ अर्ब ७७ करोड ८१ लाख रुपैयाँको सेयर बिक्री हुँदा १ अर्ब ६० करोड ७ लाख ३७ हजार रुपैयाँको सेयर खरिद गरेको छ ।

असोज कात्तिकको समयमा सामान्य समयको भन्दा सेयर कारोबार बढ्ने नासा सेक्युरीटीका प्रबन्ध निर्देशक मदन पौड्याल बताउँछन् ।

चाडपर्वको समयमा स्वभाविक रुपमा सेयर कारोबार बढ्ने हुँदा यो विगतकै निरन्तरता भएको उनको भनाई छ । यसका साथै  ब्याज तिर्ने समय भएकोले पनि यो समयमा सेयर कारोबार बढेको पौड्यालको भनाइ छ।

पछिल्लो समय देशमा भएको आन्दोलन बदलिँदो परिस्थितिले गर्दा कम्पनीहरु पनि लगानी रणनीतिको बारेमा सोच्न बाध्य भएको पौड्यालको दाबी छ ।

प्रकाशित मिति: १० कार्तिक २०८२, सोमबार  १५ : ५४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।