वनहरा नदीमा धमाधम पक्की पुल निर्माण हुँदै


कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–१२ भएर बग्ने वनहरा नदीमा धमाधम पक्की पुल निर्माण भइरहेको छ ।

दुवाहा–दमलपट्टी–चित्रपुर जोड्ने पुल २५ करोड ९६ लाख ३८ हजार ३४० रुपैयाँको लागतमा निर्माणाधीन छ । हालसम्म ९० प्रतिशत निर्माण पूरा भएको महाकाली पुल आयोजनाका इन्जिनियर सन्तोष चन्दले बताए।

पुल निर्माणसँगै नदी नियन्त्रणका सिलसिलामा पुल वरपर तटबन्धको काम पनि जारी छ । “नदी नियन्त्रणको आधा काम सकिएको छ र बाँकी आधा काम पनि तीव्र गतिमा भइरहेको छ”, इन्जिनियर चन्दले भने । आगामी मङ्सिरभित्र काम पूरा गर्ने लक्ष्य उनले सुनाए।

प्रकाशित मिति: १४ कार्तिक २०८२, शुक्रबार  ११ : ३४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।