कैलालीमा १ सय ५६ उद्योग थपिए


अत्तरिया । यहाँस्थित घरेलु तथा साना उद्योग कार्यालयमा १ सय ५६ नयाँ उद्योग दर्ता भएका छन् । चालु आर्थिक वर्षको ३ महिनामा यी उद्योग थपिएका हुन् ।

घरेलु तथा साना उद्योग कार्यालयका अनुसार उक्त अवधिमा ३२ उत्पादनमूलक, ५० कृषिमूलक र ७४ वटा सेवामूलक उद्योग दर्ता भएका हुन् । जिल्लामा हालसम्म १६ हजार २६ घरेलु तथा साना उद्योग दर्ता भएका छन्। चालु आवको सोही अवधिमा स्थानीय व्यापारअन्तर्गत वाणिज्यसम्बन्धी २०० वटा फर्म दर्ता भएका छन् ।

उक्त कार्यालयले चालु आवको उक्त अवधिमा ३९ लाख ९१ हजार ६ सय ९९ रुपैयाँ राजस्व सङ्कलन गरेको छ । गत आवमा १ करोड ६३ लाख ९७ हजार रुपैयाँ राजस्व सङ्कलन भएको थियो ।

प्रकाशित मिति: १९ कार्तिक २०८२, बुधबार  १० : २१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।