काठमाडौँ । दराज नेपालले “दराज ११.११ – द बिगेस्ट सेल अफ दि ईयर” कार्तिक २४ गते (नोभेम्बर १०) राति ८ बजेदेखि सुरु हुने घोषणा गरेको छ । “फर द शोस्टपर इन यू” थीममा आधारित यो मेगा सेल मङ्सिर ५ गतेसम्म चल्नेछ ।
ग्राहकहरूले ८५ प्रतिशत सम्म छुट, फ्ल्याश सेल, १ रुपैयाँ डिल, र ३९९ रुपैयाँ माथिका अर्डरमा डेलिभरी डिस्काउन्ट तथा ६९९ रुपैयाँ माथि निःशुल्क डेलिभरीको सुविधा पाउनेछन् । सहभागीले एथर रिज्टा इलेक्ट्रिक स्कूटर जित्ने अवसर पनि पाउनेछन् ।
सेल अवधिभर दराजमल मन्डे, फेसन विकेन्ड, इलेक्ट्रोनिक्स ट्युजडे लगायत थिम्ड डेज्मा विशेष अफरहरू उपलब्ध हुनेछन् । सेताफिल, यूनिलिभर, नाईक, अल्टिमा, न्यूलाइटलगायत शीर्ष ब्राण्ड साझेदार रहेका छन् ।
दराजले यस अभियानमार्फत तीन गुणासम्मको क्याशब्याक ग्यारेन्टीसहित उत्कृष्ट खरिद अनुभव प्रदान गर्ने जनाएको छ ।












प्रतिक्रिया