माछापुच्छ्रे बैंकको नाफा ४१ करोड ७९ लाख रुपैयाँ, प्रतिशेयर आम्दानी कति ?


काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडको नाफा १६.९५ प्रतिशतले घटेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म बैंकले ४१ करोड ७९ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १६.९५ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ५० करोड ३२ रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी घटेको र इम्पेरमेन्ट चार्ज बढेका कारण खुद नाफा घट्न पुगेको हो। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १.६० प्रतिशत घटेर १ अर्ब ४५ करोड ८९ लाख रुपैयाँमा सीमित भएको छ ।

यता, खुद फि तथा कमिशन आम्दानी भने २३.७० प्रतिशतले बढेर ४५ करोड ८४ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा ६.२७ प्रतिशत बढेर २ अर्ब ५ करोड १९ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा ४०.१५ प्रतिशतले घटेर ५९ करोड ८४ लाख रुपैयाँमा सीमित भएको छ ।

बैंकको इम्पेरमेन्ट चार्ज बढेर ४६ करोड ८ लाख रुपैयाँ पुगेसँगै खुद नाफा र सञ्चालन मुनाफा घट्न पुगेको हो। सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा ११ करोड ४२ लाख रुपैयाँ ऋणात्मक रहेको छ।

समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी २ रुपैयाँ ८३ पैसा घटेर १३ रुपैयाँ ८३ पैसामा सीमित भएको छ। असोज मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १५४ रुपैयाँ ६० पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १५.१४ गुणा रहेको छ।

बैंकले असोज मसान्तसम्ममा १ खर्ब ९३ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ४८ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ। चुक्ता पूँजी १२ अर्ब ८ करोड रुपैयाँ रहेको बैंकको जगेडा कोषमा ६ अर्ब ५७ करोड रुपैयाँ सञ्चित छ।

प्रकाशित मिति: २१ कार्तिक २०८२, शुक्रबार  ०८ : १३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।