महालक्ष्मी विकास बैंकका ग्राहकहरूलाई सिदार्थ हस्पिटालिटीसहित विभिन्न संस्थाका सेवामा विशेष छुट


काठमाडौँ । “सबल बैंक, सफल सहकार्य” भन्ने नारालाई आत्मसात् गर्दै विगत ३१ वर्षदेखि गुणस्तरीय तथा विश्वसनीय वित्तीय सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्नो ग्राहकहरूका लागि थप आकर्षक सुविधा ल्याएको छ। बैंकले स्वास्थ्य, होटल तथा रेष्टुरेन्ट क्षेत्रका प्रतिष्ठित संस्थाहरूसँग सहकार्य गर्दै ग्राहकहरूलाई विशेष छुट प्रदान गर्ने उद्देश्यले सिदार्थ हस्पिटालिटीसहितका विभिन्न संस्थाहरूसँग समझदारी गरेको छ।

यस समझदारीपछि महालक्ष्मी विकास बैंकका डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरूले साझेदार संस्थाहरूमा उपलब्ध विभिन्न सेवामा छुट पाउनेछन्। यस अन्तर्गतका संस्थाहरू र छुट दरहरू यस प्रकार छन् ।

सिदार्थ हस्पिटालिटी, तिनकुने काठमाडौं तथा सम्पूर्ण आउटलेटहरूमा आवास सेवामा २० प्रतिशत र खाना तथा पेय पदार्थमा १० प्रतिशत छुट बन्दीपुर माउन्टेन रिसोर्ट, बन्दीपुर तनहुँमा खाना तथा आवासमा ७ प्रतिशत छुट स्माइल ३६० डेन्टल क्लिनिक, सामाखुशी काठमाडौंमा दन्त सेवामा २० प्रतिशत छुट बन्दीपुर बजार घर, बन्दीपुर तनहुँमा खाना तथा आवासमा ७ प्रतिशत छुट र लन्जेभिटि हेल्थ होम, टुटेपानी ललितपुरमा अकुपञ्चर, पञ्चकर्म, प्याथोलोजी, डक्टर चेकअप लगायतका सेवामा २० प्रतिशतसम्म छुट उपलब्ध हुनेछ।

बैंकका अनुसार, यस किसिमको सहकार्यबाट डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ता ग्राहकहरू प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन्। महालक्ष्मी विकास बैंकले आफ्नो ग्राहकलाई सहज, आधुनिक र आकर्षक सेवा प्रदान गर्ने उद्देश्यले यस्ता सहकार्यलाई निरन्तरता दिने जनाएको छ।

हालै बैंकले आफ्ना क्रेडिट कार्ड धारकहरूका लागि नयाँ सुविधा पनि ल्याएको छ, जसअन्तर्गत विभिन्न ट्राभल एजेन्सीमार्फत टुर प्याकेज खरिद गर्दा महालक्ष्मी बैंकको क्रेडिट कार्ड प्रयोग गरी सजिलै भुक्तानी गर्न सकिन्छ। साथै, खरिद गरिएको टुर प्याकेजको मूल्य बराबरको रकम ६ महिना देखि १२ महिनासम्मको लचिलो अवधिमा मासिक किस्ताबन्दीमा भुक्तान गर्न सकिने सुविधा पनि उपलब्ध गरिएको छ।

महालक्ष्मी विकास बैंकले ग्राहक सन्तुष्टि, सहज पहुँच र जीवनशैलीमै सुधार ल्याउने उद्देश्यका साथ यस्ता सहकार्यहरूलाई भविष्यमा पनि विस्तार गर्ने योजना बनाएको जनाएको छ।

प्रकाशित मिति: २३ कार्तिक २०८२, आइतबार  १४ : २६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।