सानिमा बैंकको सीईओमा पवनकुमार आचार्य नियुक्त


काठमाडौँ । सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पवनकुमार आचार्य नियुक्त भएका छन् । सोमबार साँझ बसेको सञ्चालक समिति बैठकले आचार्यलाई सीईओमा नियुक्त गरेको हो ।

माघ १२ गतेदेखि लागु हुनेगरी ४ वर्षे कार्यकालका लागि उनलाई नियुक्त  गरिएको हो । हालका सीईओ निश्चलराज पाण्डेको कार्यकाल माघ ११ देखि सकिँदैछ ।

आचार्य हाल सानिमा बैंककै डेपुटी सीईओ हुन् ।

प्रकाशित मिति: २५ कार्तिक २०८२, मंगलबार  १३ : १८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।