गरिमा विकास बैंक लिमिटेडले आफ्नो १९औं वार्षिकोत्सवको अवसरमा “स्वास्थ्यका लागि खेलकुद” भन्ने नाराका साथ मंसिर ६ गते शनिबार ‘गरिमा रोड रेस–२०८२’ आयोजना गर्ने भएको छ।
बालुवाटारस्थित बैंकको प्रस्तावित केन्द्रीय कार्यालयबाट सुरु हुने उक्त रोड रेस खुला, कर्पोरेट र भेट्रान गरी तीन विधामा सञ्चालन हुनेछ। खुला समूहका विजेताले जनही ५०,००० रुपैयाँ, कर्पोरेट र भेट्रान विजेताले जनही ३०,००० रुपैयाँ सहित आकर्षक नगद पुरस्कार पाउनेछन्।
प्रतियोगितामा करिब १,००० धावक सहभागी हुने अपेक्षा गरिएको छ। सहभागीहरूले मंसिर ४ गतेसम्म खल्ती एपमार्फत रु।२० तिरेर दर्ता गर्न सक्नेछन्। गत वर्ष ६५० भन्दा बढी धावक सहभागी भएका थिए।












प्रतिक्रिया