एसडीएलजी एल–९३६ एचइभी हाइब्रिड लोडर नेपाली बजारमा सार्वजनिक


काठमाडौँ । नेपालमा पहिलोपटक एसडीएलजी एल–९३६ एचइभी हाइब्रिड लोडर सार्वजनिक गरिएको छ । नेपालका आधिकारिक बिक्रेता आइडियल कन्स्ट्रक्सन इक्विपमेन्ट प्रालिले विभिन्न परीक्षणपछि यो अत्याधुनिक प्रविधियुक्त लोडर नेपाली बजारमा उपलब्ध गराएको हो । कम्पनीका अनुसार यो मेसिनले इन्धन खपत घटाउने, वातावरणमैत्री प्रविधि अपनाउने र सञ्चालन खर्चमा कमी ल्याउने क्षमता राख्दछ ।

यो हाइब्रिड लोडर सडक, निर्माण, खानी र औद्योगिक क्षेत्रमा प्रयोगका लागि उपयुक्त मानिएको छ । चिनियाँ निर्माता एसडीएलजीले निर्माण गरेको एल–९३६ एचइभी मोडेलमा अत्याधुनिक हाइब्रिड प्रविधि र इलेक्ट्रिक ड्राइभ प्रणाली प्रयोग गरिएको छ, जसले कम इन्धन प्रयोग गर्दै उच्च कार्यक्षमता प्रदान गर्दछ ।

लोडरमा प्रयोग भएको प्रविधिले छोटो समयमा बढी शक्ति उपलब्ध गराउँछ र कम धुवाँ तथा आवाजसहित वातावरणमैत्री सञ्चालन सम्भव बनाउँछ । यसले निर्माण व्यवसायीहरूलाई दीर्घकालीन आर्थिक फाइदा र उत्पादनशीलता वृद्धि गर्ने विश्वास दिलाएको कम्पनीको भनाइ छ ।

यसमा १८०.५ किलोवाट–घण्टा (५ सय एकाइस भोल्ट) क्षमताको सिएटिएल लिथियम आइरन फस्फेट ब्याट्री जडान गरिएको छ । लोडरमा ६० किलोवाट नियमित र ९० किलोवाट अधिकतम शक्ति प्रदान गर्ने मोटर रहेको छ । साथै, यसले १.५ देखि ३ घनमिटर क्षमताको बकेट बोक्न सक्षम छ ।

कम्पनीका अनुसार एसडीएलजी एल–९३६ एचइभीले वातावरण संरक्षणमा योगदान पुर्‍याउँदै नेपालको निर्माण क्षेत्रमा दिगो प्रविधिको नयाँ अध्याय सुरु गर्नेछ । सार्वजनिक कार्यक्रम काठमाडौंमा सम्पन्न गरिएको थियो ।

प्रकाशित मिति: २६ कार्तिक २०८२, बुधबार  १४ : ३३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।