एलआरआर मोटर्सले गर्यो सोमार्जुन मोटर्स् अधिकृत डिलर नियुक्त

बुटवलमा नयाँ शो–रूमको औपचारिक उद्घाटन


बुटवल । नेपालको लागि जिली इएक्स फाइभको आयातकर्ता एलआरआर मोटर्स्ले देशैभरी डिलर विस्तार गर्न बुटवलमा डिलर नियुक्त गरेको छ । कम्पनीले आफ्नो रणनीतिक योजनाअन्तर्गत बुटवलको लागि सोमार्जुन मोटर्सलाई आधिकारीक डिलर नियुक्त गरेको हो ।

बुटवल र आसपासका क्षेत्रहरुका लागि जिली इएक्स फाइभका ईभिहरु स्थानीयस्तरमै उपलब्ध गराउने उद्देश्य सहित आज आयोजित एक विशेष समारोहको क्रममा सोमार्जुन मोटर्स्द्धारा नव–निर्मित शो–रूमको औपचारिक उद्घाटन समेत गरिएको छ ।

एलआरआर मोटर्स्ले यस वर्षभित्र देशभरी जम्मा १४ वटा डिलर नियुक्त गर्ने हालैको घोषणाको पहिलो खुड्किलोको रुपमा आजको डिलर शोरुमको उद्घाटनलाई लिइएको छ ।

साथै उद्घाटन कार्यक्रमको अवसरमा सोमार्जुन मोटर्स्ले दुईवटा जिली इएक्स फाइभ म्याक्सको बिक्री हस्तारण गरेको छ । पहिलो दिनमै दुईवटा इएक्स फाइभको बिक्रीले यस क्षेत्रमा जिली ब्राण्डको लोकप्रियता र ग्राहकहरुको रुचीलाई दर्शाएको कम्पनीले जनाएको छ ।

उद्घाटन समारोहसँगै नयाँ डिलर शोरूमले पूर्ण रूपमा सञ्चालनको थालनी गर्दै ग्राहकहरूको लागि जिलीका विश्वप्रसिद्ध इएक्स फाइभ म्याक्स र प्रो मोडेलहरूको बिक्री र सेवा तथा स्पेयर पाट्र्सको सहज उपलब्धता गराउने कम्पनीले जनाएको छ ।

“बुटवल क्षेत्रका लागि एलआरआर मोटर्स्को अधिकृत डिलरका रूपमा चयन भई इभीप्रेमीहरुको लागि जिली इएक्स फाइभलाई उहाँहरुको घरदैलोसम्म पु¥याउन पाउँदा हामी हर्षित छौँ,” सोमार्जुन मोटर्स्का सीईओ अर्जुन भूषाल भन्छन् “हामीले बुटवलका ग्राहकहरूलाई विश्वस्त, आधुनिक र सुरक्षित इभि विकल्प प्रदान गर्ने उद्देश्यका साथ जिली इएक्स फाइभको वितरण सुरु गरेका हौँ । इएक्स फाइभको गुणस्तर, प्राविधिक क्षमता र भरपर्दोपनाले यसलाई हाम्रो क्षेत्रकै अत्यन्त आकर्षक मोडल बनाउनेमा हामी पूर्ण रूपमा विश्वस्त छौं ।”

कार्यक्रमलाई सम्बोधन गर्दै एलआरआर मोटर्सका निर्देशक जीवन जंग शाहीले जिली ब्राण्डको देशव्यापी विस्तारमा सोमार्जुन मोटर्स्जस्तो प्रतिबद्ध र सक्षम साझेदार अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गरे । नयाँ शो–रूमले अत्याधुनिक प्रविधि, गुणस्तरीय सेवा र उन्नत ग्राहक अनुभवप्रतिको साझा प्रतिबद्धता झल्काएको उनले बताए ।

सोमार्जुन मोटर्स्ले बुटवल र आसपासका क्षेत्रहरुको इभी उपभोक्ताहरुको बदलिँदो आवश्यकताअनुसार सेवा पु¥याउन सक्षम अनुभवी जनशक्ति र जिलीको विश्वस्तरिय मापदण्डअनुसारका आधुनिक बिक्रीपश्चातको सेवासुविधाहरूसमेतको व्यवस्था गरेको छ ।

बुटवलमा जिली इएक्स फाइभ उपलब्ध भएसँगै, ग्राहकहरूले सहज सेवा, गुणस्तरीय स्पेयर पाट्र्स तथा उत्कृष्ट बिक्री–पछिको सेवा पनि सोमार्जुन मोटर्समार्फत प्राप्त गर्ने कम्पनीको भनाइ छ ।

प्रकाशित मिति: १ मंसिर २०८२, सोमबार  १६ : ३४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।