काठमाडौँ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले ऋणपत्र निष्काशन गर्ने भएको छ। लघुवित्तले ७ प्रतिशत ब्याजदरमा सुरक्षण नराखिएको १ अर्बको सहायक आवधिक ऋणपत्र स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने भएको हो ।
लघुवित्तको मंसिर ४ गते बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो। नेपाल राष्ट्र बैंक तथा धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त भएपछि सो ऋणपत्र जारी गरिनेछ।










प्रतिक्रिया