सालपा विकास बैंकले पायो आईपीओ निष्काशनको अनुमति


काठमाडौँ । नेपाल धितोपत्र बोर्डले सालपा विकास बैंकलाई प्राथमिक सेयर (आईपीओ) निष्कासनका लागि अनुमति दिएको छ । बोर्डले कम्पनीलाई अंकित मूल्य १ सयका दरले १७ लाख २३ हजार ८८० कित्ता सेयर निष्कासनका लागि अनुमति दिएको हो ।

कम्पनीले कुल ५२ लाख २३ हजार ८८० कित्ता सेयर निष्कासन गर्नेछ । जसमा सर्वसाधारण समूहको हिस्सा ३३ र संस्थापकको हिस्सा ६७ प्रतिशत हुनेछ ।

प्रकाशित मिति: ९ मंसिर २०८२, मंगलबार  ०७ : ४३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।