काठमाडौँ । सेयर बजारमा परिसुचक नेप्सेको गत एक महिनाको कारोबार हेर्दा मिश्रित देखिएको छ ।
विशेषगरी जीवन बीमा र होटल तथा पर्यटन क्षेत्रको सुचकांकमा उल्लेख्य वृद्धि देखिएको छ भने बैंकिङ्ग र हाइड्रोपावर समूहमा सामान्य उतारचढाव देखिएको छ ।
जीवन बीमा समूहमा उल्लेख्य सुधार
नेप्सेले सार्वजनिक गरेको तथ्यांक अनुसार कात्तिक महिनामा जीवन बीमा समूहमा लगानीकर्ताको आकर्षण उच्च देखिएको छ । यो अवधिमा जीवन बीमा समूह उच्च अंकले बढ्दा इण्डेक्स ५६८.८२ बढेको छ । कात्तिक सुरुमा १२१०६.९३ अंकबाट बढेर १२६७५.७६ अंकमा पुगेको थियो ।
होटल तथा पर्यटन समूहमा उच्च अंकको वृद्धि
होटल तथा पर्यटन समूह कात्तिक २ गते ५९७३.१३ विन्दुमा रहेकोमा कात्तिक ३० गते सम्म आइपुग्दा ६३३३.६७ विन्दुमा पुगेको थियो । यो अवधिमा इन्डेक्समा ३६०.५३ अंकको वृद्धि आएको छ । यसले यस अवधिमा होटल तथा पर्यटन क्षेत्रमा लगानीकर्ताको आकर्षण बढेको संकेत गर्छ ।
बैंकिङ र विकास बैंक स्थिर प्रायः घट्दो प्रवृत्ति
यो अवधिमा बैंकिङ्ग समूह उतारचढावका बिच घट्दो देखिएको छ । कात्तिक सुरुमा १३४९.३६ अंकबाट सुरु भएको कारोबार कात्तिक अन्तिममा आइपुग्दा सामान्य घटेर १३२७.४ विन्दुमा पुगेको छ । जसले बैंकिङ्ग क्षेत्रमा लगानीकर्ताहरु केही सावधान भएको र मुनाफा सुरक्षित गर्दा बिक्री चाप बढको संकेत गर्दछ ।
विकास बैंक समूहको सेयर मूल्यमा २२.१३ अंकको गिरावट आएको छ । कात्तिक सुरुमा ५२५८.८७ अंकमा रहेको उपसमूह कात्तिक अन्तिममा ५२३६.७४ अंकमा पुगेको थियो ।
हाइड्रोपावरः उतारचढाव सामान्य सुधार
जलविद्युत समूहमा उतारचढावका बिच सामान्य सुधार आएको छ । कात्तिक २ मा ३१६९.७८ अंकमा रहेको जलविद्युत समूह कात्तिक अन्तिममा ३२८८.४६ अंकमा पुगेको छ । यो अवधिमा जलविद्युत समूहमा केहि उतारचढाव देखिएको छ । कात्तिक १६ मा ३४१०.७७ को उच्च अंकमा पुगेको थियो । समग्रमा यो उपसमूहको महिनाभरिको कारोबारमा सुधार देखिएको छ ।
यस्तै यो अवधिमा अन्य समूहमा ५५.२३ अंकको सुधार आएको छ । महिनाको कारोबारको सुरुको दिन २२५७.६५ अंकमा रहेकोमा महिनाको अन्तिम कारोबार दिनमा २३१२.८८ अंकमा पुगेको थियो ।
उत्पादन तथा प्रशोधन समूहको सेयर मूल्यमा पनि सुधार देखिएको छ । यो अवधिमा उत्पादन समूह १४८.२५ अंकले बढेको छ । महिनाको सुरुको कारोबार दिन ७१२१.१८ अंकमा रहेकोमा कारोबारको अन्तिम दिन ७२६९.४३ अंकमा पुगेको थियो ।
निर्जीवन बीमा समूहको सेयर मूल्यमा पनि सुधार आएको छ । यो अवधिमा सो समूहमा ९२.९३ अंकको वृद्धि आएको छ । कात्तिक सुरुमा १०४४८.६६ अंकमा रहेको निर्जीवन बीमा समूह कात्तिक अन्तिममा १०५४१.६० अंकमा पुगेको थियो ।
यो अवधिमा वित्त समूहमा ७०.६२ अंकको वृद्धि आएको छ । महिनाको कारोबारको सुरुको दिन २१७२.८६ अंकमा रहेको इन्डेक्स कारोबारको अन्तिम दिन कात्तिक ३० गते २२४३.४८ अंकमा पुगेको थियो ।
यस्तै व्यापार समूहमा पनि सुधार आउँदा इन्डेक्स ६९ अंकले बढेको छ । यो अवधिमा व्यापार समूह ३७२५.९५ अंकबाट बढेर ३६९४.९५ अंकमा पुगेको थियो ।
लघुवित्त समूहको इन्डेक्समा ७७.१७ अंकको वृद्धि आएको छ । यो अवधिमा लघुवित्त इन्डेक्स ४७०७.४० बाट बढेर ४७८४.५७ अंकमा पुगेको छ ।
यो अवधिमा लगानी समूह स्थिर देखिएको छ । तुलना अवधिमा लगानी समूहमा ०.५६ अंकको सुधार आएको छ । यो अवधिमा इन्डेक्स १०१.२१ अंक रहेकोमा १०१.७७ अंकमा पुगेको छ ।
यता म्युचुअल फन्ड समूहमा सामान्य गिरावट आएको छ । तुलना अवधिमा उक्त समूह ०.३८ अंकले घटेको हो । कात्तिक सुरुमा २०.२२ अंकमा रहेको इन्डेक्स कात्तिक अन्तिममा १९.८४ अंकमा पुगेको थियो ।
गत एक महिनाको कारोबारले सेयर बजारमा समूहगत भिन्नता देखिएको छ । यो अवधिमा जीवन बीमा समूह र होटल तथा पर्यटन समूहमा लगानीकर्ताको उच्च आकर्षण देखिएको छ । यता बैंकिङ्ग समूहमा केही सुस्तता आएको छ ।










प्रतिक्रिया