काठमाडौँ। हरेक बर्ष झैँ यस बर्षपनि दराज ११.११, द बिगेस्ट सेल अफ द ईयरले नेपालको सर्वाधिक प्रतिक्षित तथा लोकप्रिय किनमेल पर्वलाई नयाँ उचाइ प्रदान गरेको छ । नोवेम्बर १० (कार्तिक २४)को राति ८ बजेबाट सुरु भएको यो मेगा सेलमा यस बर्षपनि उल्लेखनिय उपलब्धिहरु प्रदर्शित भएका छन् ।
सन् २०२५ मा आयोजित अन्य सबै दराजका अभियानहरुको तुलना दराज ११.११, द बिगेस्ट सेल अफ द ईयरले २६ प्रतिशत अधिक अर्डर, अभूतपूर्व ट्राफिक बृद्धिका साथै सहजता, भ्याल्यू र विश्वासका लागि अनलाइन किनमेल गर्ने उपभोक्ताहरुका साथै पहिलो पटक यो अनुभव लिनेहरुको समेत सर्वाधिक सहभागिता समेत रहेको थियो । यी सबैको केन्द्रमा प्रिमियम उत्पादनहरुका लागि सत्प्रतिशत प्रमाणित, प्रमाणिक (भेरिफाइड) तथा ब्राण्ड शपिंगका लागि विश्वसनिय गन्तब्यका रुपमा अग्रपंक्तिमा दराजमल रहेको छ ।
दराज एप भित्रै, प्रमाणित र केवल अधिकृत र भेरिफाइड ब्राण्डहरुका लागि छुट्याइएको विशेष स्पेस दराजमलले यस बर्षपनि कन्भर्जन र दिर्घकालिन उपभोक्ताहरुको विश्वास जित्दै असाधारण प्रदर्शनी प्रस्तुत गर्न सफल भएको छ । विगतका सेलहरुका तुलनामा दराजमलमा सम्मिलित ब्राण्डहरुले यस पटक २५ प्रतिशत अधिक आम्दानी, विक्रि संख्यामा १.४ गुणा बृद्धि र प्रडक्ट पेज भिजिटका आधारमा ६५ प्रतिशत सम्मको बृद्धि प्रदर्शित गरेको छ । अनुमान गरिएको भन्दा अधिक सफल नतिजाका साथमा यसले नयाँ आन्तरिक बेन्चमार्क समेत स्थापित गर्न सफल भएको कम्पनीले जानकारी दिएको छ । प्रमाणिक उत्पादनहरुका लागि बढ्दो माग, बलियो भन्डारण सुविधा, मागको ब्यवस्थापनार्थ उचित बितरण प्रणाली, प्रतिस्पर्धात्मक मूल्य, पर्याप्त डिजिटल भिजिबिलिटी लगायत यसको प्रमुख कारण रहेकाछन् ।
प्लेटफर्म भरमै, सियाओमी, ब्राण्डहाउस, प्रोटिन नेपाल र एईबिबी गरी चार दराजमल पार्टनरहरुका सफलताको कथा विशेषरुपमा अदिृतीय रहेको थियो । तिनले रणनैतिक साझेदारी, प्रमाणिक उत्पादनहरु, प्ल्याटफर्मद्वारा प्राप्त भिजिबिलिटी लगायतको सहायता मार्फत नेपालको बढ्दो ई कमर्स इकोसिस्टममा अदृतिय बृद्धि हात पार्न सकिन्छ भन्ने कुरा प्रमाणित गरेका छन् ।












प्रतिक्रिया