काठमाडौँ । बर्ली होम एप्लायन्सेजले ६ नयाँ गिजर सार्वजनिक गरेको छ । गत वर्ष नेपालमा १७ एयर कूलर मोडेलको सफल लॉन्चपछि बर्ली होम एप्लायन्सेजले आफ्नो उत्पादन लाइनअप विस्तार गर्दै एलेगन्स र एलेसिया सिरिजका ६ नयाँ स्टोरेज वाटर गिजर नेपाली बजारमा प्रस्तुत गरेको हो ।
अत्याधुनिक जर्मन टेक्नोलोजी, आकर्षक डिजाइन र घरेलु सुरक्षालाई ध्यानमा राखेर तयार गरिएका मोडेलहरू अब नेपालमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।
नेपालमा बर्ली उत्पादनहरूको आधिकारिक इम्पोर्टर तथा सोल डिस्ट्रीब्युटर सीजि इलेक्ट्रोनिक्सले नयाँ मोडेलहरूको बिक्री तथा वितरण औपचारिक रूपमा सुरु भएको जनाएको छ।
कम्पनीका प्रतिनिधिले भने, “नेपालमा एयर कूलरको सफलतापछि हामी अब गिजर श्रेणीमा प्रवेश गरेका छौँ। इलेगन्स र इलेसिया सिरिजका मोडेलहरू सुरक्षा, दीगो प्रदर्शन र मूल्यका दृष्टिले नेपाली परिवारका लागि उत्कृष्ट विकल्प बन्नेछन्।”
बर्ली गिजरले ग्राहकलाई वाटर ट्यांक मा ७ वर्ष, हिटिङ इलेमेन्टमा २ वर्ष र सम्पूर्ण प्रडक्टमा २ वर्षको उत्तम वारन्टी सुविधा प्रदान गर्छ र दुई सिरिज अन्तर्गत ६ मोडेलमा उपलब्ध छन्।
आधुनिक डिजाइन, उच्च–गुणस्तर हीटिङ र भरपर्दो निर्माणसहितका तीन मोडेलहरू यलेगन्स १०, १५ र २५ लिटरमा उपलब्ध छ। यसमा टेम्पेचर कन्ट्रोल, वाटरपु्रफ डिजाइन, आय क्वाइलेटी हिटिङ इलिमेन्ट लगायतका विशेषताहरु रहेको कम्पनीले जनाएको छ ।
प्रीमियम रंगहरूको विकल्पसहित, आधुनिक डिजिटल इन्डिकेटर र अत्याधुनिक सुरक्षा सुविधायुक्त तीन मोडेलहरू एलिसिया २५ ब्याल्क, २५ गोल्डेन र १५ गोल्डेनमा उपलब्ध छ।
यसमा टेम्पेचर कन्ट्रोल, वाटर प्रुफ बडी, आधुनिक बाथरूम डिजाइनसँग मिल्ने प्रिमियम फिनिस, युजर फ्रेन्डली फ्रन्ट कन्ट्रोल लगायतका विशेषताहरु रहेको कम्पनीले जनाएको छ ।












प्रतिक्रिया