नेपालको विकास प्रयासमा सक्दो सहयोग गर्ने थाइल्याण्डको प्रतिबद्धता


काठमाडौँ । यहाँस्थित थाइल्याण्डका कार्यवाहक राजदूत मामुसाभी मौसाकुलले नेपालको विकास प्रयासमा थाइल्याण्डले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् ।

थाइल्याण्डको राष्ट्रिय दिवसका अवसरमा आज आयोजित कार्यक्रममा राजदूत मौसाकुलले थाइल्याण्ड र नेपालका बौद्ध सम्पदाले दुई देशबीचको जनस्तरको सम्बन्धलाई अझ सुदृढ बनाएको बताइन्। नेपालको कृषि क्षेत्रको उन्नयनका निम्ति थाइल्याण्डले यथासम्भव सहयोग गर्दै आएको बताउँदै उनले हालै जैविक कृषिबारेमा नेपाली किसानलाई प्रशिक्षण दिइएको जानकारी दिइन्।

त्यस अवसरमा परराष्ट्र मन्त्रालयका निमित्ति सचिव कृष्णप्रसाद ढकाल, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी, कामको सिलसिलामा यहाँ रहेका थाई नागरिक, उद्यमी, व्यवसायी तथा वरिष्ठ सञ्चारकर्मीको उपस्थिति थियो ।

प्रकाशित मिति: १७ मंसिर २०८२, बुधबार  १७ : ०० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।