काठमाडौँ । नेपाल प्रीमिएर लिग (सिजन २) फेस्टिभल अफ हिमालयाजको उत्साह मनाउन एलजी नेपालले आफ्नो प्रिमियम एलजी ओलेड टिभीमा विशेष मूल्य छुट अफर ल्याएको छ। कम्पनीले यो सीमित समयको अफर नेपालभर उपलब्ध गराएको हो ।
देशभर क्रिकेटप्रेमीहरू एक ठाउँमा जोडिँदै गर्दा, एलजी नेपाल ले विश्वकै अत्याधुनिक टेलिभिजन प्रविधिलाई अझ पहुँचयोग्य बनाउँदै घरमै स्टेडियम जस्तै अनुभव दिलाउने उद्देश्य लिएको छ। उत्कृष्ट चित्र स्पष्टता, जीवन्त रंग, र सिनेम्याटिक ध्वनिको संयोजनले एलजी ओलेड टिभी ले हरेक एनपीएल क्षणलाई वास्तविक जस्तै बनाइदिन्छ।
एलजी ओलेड टिभीले उत्कृष्ट इम्रेसिभ एक्पेरियन्स’ लाई झनै सशक्त बनाएको छ, साथै, जहाँ हरेक बाउन्ड्री, हरेक क्याच, र एनपिएलका हरेक रोमाञ्चक पल स्क्रिनभन्दा ठूलो जीवन्त अनुभव जस्तै महसुस हुने जस्ता प्रिमियम दृश्य–अनुभूति घरमै बसेर लिन सकिने छ ।
ए नाइन चार हजार एआई प्रोसेसर जेन ८, डलवाई भर्सन र एटमस, आएभअस स्मार्ट प्लेटफर्मजस्ता अत्याधुनिक प्रविधिहरूले एलजी ओलेडलाई विश्वकै उत्कृष्ट बनाएको छ ।
यी शक्तिशाली प्रविधिहरूले क्रिकेट लाई झनै यथार्थ, र स्मूथ बनाउँदै ल्एी हेर्न सबैभन्दा उपयुक्त टिभी बनाने कम्पनीले जनाएको छ ।
क्रिकेट सिजनलाई विशेष बनाउँदै, एलजी ले ओलेड टिभी विशेष मूल्य–कटौती गरेको छ। यस अफरले प्रिमियम ओलेड प्रविधि चाहने नेपाली परिवारलाई आफ्नो ‘भ्यूजीङ इक्पेरियन्स’ अपग्रेड गर्न अधिक सहज बनाउनेछ।
यो सीमित समयको मूल्य–छूट नेपालभरका सबै आधिकारिक एलजी ब्राण्डसप, तथा अधिकारिक इलेक्ट्रोनिक्स रिटेलरहरूमा उपलब्ध छ।












प्रतिक्रिया