नेपाल इन्स्योरेन्स कम्पनी द्धारा आयोजित फुटसल प्रतियोगिता सम्पन्न


काठमाडौँ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडद्धारा मंसिर १९ र २० गते सामाखुसी फुटसलमा आयोजना गरिएको फुटसल प्रतियोगिता सम्पन्न भएको छ । सो प्रतियोगितामा नेपाल बीमा प्राधिकरण लगायत सम्पुर्ण, जीवन, निर्जिवन लघु, पुनर्बीमा कम्पनीहरु तथा सर्भेयरहरु सहित २५ संस्थाहरुबाट २८ टिमको सहभागिता रहेको थियो ।

उक्त प्रतिगितामा प्रथम हुने नेको इन्स्योरेन्स लिमिटेड, द्धितीय हुने नेपाल माईक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड र तेस्रो हुने हिमालयन एभरेष्ट ईन्स्योरेन्स लिमिटेडका खेलाडीहरु रहेका छन् । कम्पनीका संचालक समितिका अध्यक्ष चन्द्र सिंह साउद र प्रमुख कार्यकारी अधिकृत वीरकृष्ण महर्जनले प्रमाण पत्र, पदक तथा शिल्ड प्रदान गरेका थिए ।

उक्त प्रतियोगितामा वेष्ट गो किपर नेपाल माईक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडका रोमन सिंह, वेष्ट डिफेन्डर हिमालयन एभरेष्ट ईन्स्योरेन्स लिमिटेडका सुनिल थापा, हाइगेष्ट स्कोरेर हिमालयन एभरेष्ट ईन्स्योरेन्स लिमिटेडका दिनेश कुमार सिंह र वेष्ट प्लेयर अफ द टुर्नामेन्ट नेको इन्स्योरेन्स लिमिटेडका युकेश तामाङलाई ट्रफि प्रदान गरिएको थियो ।

साथै अनुशासित, मर्यादित र निष्पक्ष खेल खेलाए वापत रेफ्रिहरु र उक्त प्रतियोगिताका लागि ग्राउन्ड उपलब्ध गराउनु हुने सामाखुशि फुटसलका राजु महर्जनलाई कम्पनीका संचालक समितिका अध्यक्ष चन्द्र सिंह साउदले मायाको चिनो प्रदान गरेका थिए । उक्त प्रतियोगिता कम्पनीको फेसबुक पेज https://www.facebook.com/nepalinsurance.nic बाट प्रत्यक्ष प्रसारण समेत गरिएको थियो ।

प्रकाशित मिति: २१ मंसिर २०८२, आइतबार  १६ : २१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।