काठमाडौँ । नेपालकै उदयमान, सस्तो र भरपर्दो फाइबर इन्टरनेट सेवा प्रदायक “वाईफाई नेपाल” ले नेपाल प्रिमियर लिग २०२५ को अवसरमा “पारस दाईको मौकामा चौका” अभियान ल्याएको छ। यस अफर मार्फत उच्च गतिको, भरपर्दो इन्टरनेट सेवालाई उचित मूल्यमा उपलब्ध गराउने उद्देश्य राखिएको छ।
यस विशेष अभियान अन्तर्गत, २०० एमबीपीएस इन्टरनेट प्याकेज लिने ग्राहकहरूले १२ महिनाको प्याकेज खरिद गर्दा १२ महिनाको नि शुल्क बोनस इन्टरनेट प्राप्त गर्नेछन्। यसको अर्थ ग्राहकहरूले १ वर्षको मूल्यमा २४ महिनाको उच्च गतिको इन्टरनेटको मज्जा लिन सक्छन्।
बलियो कभरेज तथा स्थिर इन्टरनेट सेवा सुनिश्चित गर्दछ। त्यो पनि मात्र ११ हजार ७ सय ५० (भ्याट सहित) मा उपलब्ध छ। वाईफाई नेपालले आफ्नो यस अफरमा ब्रान्ड एम्बासडर पारस खड्कालाई फीचर गर्दै, फ्यानहरूका बीचको उत्साहलाई अझ बढाइरहेको छ।
यस विशेष अफर मार्फत वाईफाई नेपालले देशभरका घरपरि वारहरूलाई उच्च गतिको इन्टरनेट, सहज कनेक्टिभिटी र उत्कृष्ट मूल्य प्रदान गर्ने लक्ष्य लिएको छ।












प्रतिक्रिया