शिवम् सिमेन्स लिमिटेडको बार्षिक साधारण सभा सम्पन्न


काठमाडौँ । शिवम् सिमेन्स लिमिटेडको आर्थिक वर्ष २०८०/८१ को बार्षिक साधारण सभा समितिका अध्यक्ष गौरव गोयलको अध्यक्षतामा सामान्य र विशेष दुवै प्रकारका प्रस्तावहरू पारित गर्दै १० औँ बार्षिक साधारण सभा सम्पन्न गरेको छ।

सभामा प्रस्तुत वार्षिक प्रगति प्रतिवेदन, आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षकको प्रतिवेदन तथा आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पारित गरिएको छ। साथै कम्पनीले आर्जन गरेको खुद नाफाबाट चुक्ता पुँजी ६ अर्ब ६ करोड ७ लाख ६ हजार ६ सय रुपैयाँको १० प्रतिशत बराबर हुने ६६ करोड ७ लाख ६० हजार ७५० रुपैयाँ (करसहित) नगद लाभांश र २.५ प्रतिशत का दरले १ अर्ब ५ करोड रुपैयाँ बराबरको बोनश शेयर वितरण गर्ने विशेष प्रस्ताव पनि पारित गरिएको छ।

हालको चुक्ता पुँजीमा नगद लाभांश तथा बोनस शेयर वितरण गरी आफ्ना शेयरधनीहरुलाई कुल १२.५ प्रतिशतको रकम— कर सहित— वितरण गर्ने प्रस्तावहरू पारित गर्दै सभा सम्पन्न भएको जानकारी यसै विज्ञप्तिबाट गराइएको छ।

साधारण सभाको निर्णय अनुसार बोनस शेयर वितरण गरेपछि कम्पनीको जारी तथा चुक्ता पुँजी वृद्धि भई ५ अर्ब १९ करोड ३२ लाख ७८ हजार ७१२ रुपैयाँ ५० पैसा कायम भएको छ।

प्रकाशित मिति: २६ मंसिर २०८२, शुक्रबार  ११ : २० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।