काठमाडौँ । हिमालयन क्यापिटल लिमिटेडको आठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । क्यापिटलले साधारण सभा काठमाडौँ–२८, कमलादी स्थित केन्द्रीय कार्यालयमा आज आइतबारको दिन सम्पन्न भएको हो ।
सभाले गत आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै २०८२ आषाढ मसान्त सम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायत वार्षिक वित्तीय विवरण उपर छलफल गरी पारित गरेको छ । साथै, सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम १५ प्रतिशत नगद लाभांश वितरणको स्वीकृति पनि सभा मार्फत पारित गरिएको छ ।
कार्यक्रममा आर्थिक वर्ष २०८१/८२ का उपलब्धिहरूको समीक्षा गर्दै संस्थाका अध्यक्ष सुनील प्रसाद गोर्खालीले संस्थाका भावी योजनाहरु बारेमन्थन गरी संस्थाका शेयरधनीहरु, ग्राहकहरु र सरोकारवालाहरुलाई उनीहरुको निरन्तर साथ र सहयोगको लागी हार्दिक आभार व्यक्त गरे ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत परमेश्वर पन्तले संस्थाले प्रविधिको उच्चतम प्रयोग गर्दै सबै ग्राहकहरूलाई आगामी दिनमा अझ प्रभावकारी सेवा प्रदान गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।












प्रतिक्रिया