सूर्योदय वोमी लघुवित्तका सेयरधनीको हात खाली


काठमाडौँ । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाका सेयरधनीको हात खाली हुने भएको छ । गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई कुनै लाभांश नदिने भएको हो ।

पुस ३ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो। सोही अनुसारको वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक पठाउने निर्णय पनि सो बैठकले गरेको छ।

प्रकाशित मिति: ४ पुस २०८२, शुक्रबार  ११ : ४६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।