अरुण भ्याली हाइड्रोपावरको लाभांश संशोधन


काठमाडौँ । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले लाभांश संशोधन गरेको छ। हाइड्रोपावरले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश संशोधन गरेको हो ।

असोज १ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.४२१ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरी स्वीकृतीको लागि विद्युत नियमन आयोग पठाएको थियो।

तर, आयोगले सो स्वीकृत नगरेपछि पुस ८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले ५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

सो प्रस्ताव पारित गर्न कम्पनीले पुस ३० गते २८ औँ वार्षिक साधारण सभा बोलाएको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस १८ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार पुस १७ गतेसम्म नेप्समा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन र लाभांश प्राप्त गर्न सक्नेछन्।

प्रकाशित मिति: ९ पुस २०८२, बुधबार  १० : ३० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।