लक्ष्मी सन्राइज बैंकको २५ औँ वार्षिक साधारणसभा


काठमाडौँ । आज सोमबार लक्ष्मी सन्राइज बैंक लिमिटेडको २५ औँ वार्षिक साधारणसभा काठमाडौंमा सम्पन्न भएको छ । साधारण सभाले बैंकको चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । पारित बोनस शेयरसँगै बैंकको चुक्ता पूँजी २६ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ ।

साधारण सभाले आर्थिक वर्ष २०८१/८२ का लागि संचालक समितिको प्रतिवेदन तथा सोही आर्थिक वर्षको बैंकको वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गरेको छ । साथै, आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरिक्षकको नियुक्ति समेत गरेको छ ।

आव २०८१/८२ मा ३ खर्ब ७१ अर्ब रुपैयाँ निक्षेप र २ खर्ब ८७ अर्ब रुपैयाँ कर्जा पु¥याएको यस बैंकको वासलातको आकार ४ खर्ब ४३ अर्ब रुपैयाँ रहेको छ । सो आ.व.मा बैंकले ४ अर्ब ६ करोड रुपैंया खुद मुनाफा आर्जन गर्न सफल भएको बैंकले जनाएको छ ।

प्रकाशित मिति: १४ पुस २०८२, सोमबार  १७ : ०१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।