काठमाडौँ । बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप संकलनमा झिनो गिरावट आउँदा कर्जा प्रवाह भने स्थिर रहेको छ । राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार एक दिनको अवधिमा निक्षेप परिचालन १ अर्ब रुपैयाँले बढ्दा कर्जा प्रवाह भने स्थिर रहेको छ ।
राष्ट्र बैंकका अनुसार पुस १२ मा ७५ खर्ब ९३ अर्ब रुपैयाँ रहेको निक्षेप पुस १३ मा आएर ७५ खर्ब ९२ अर्ब रुपैयाँमा झरेको हो ।
यसमध्ये वाणिज्य बैंकहरुको निक्षेपमा २ अर्बको गिरावट आएको छ । अघिल्लो दिन ६८ खर्ब ३७ अर्ब रुपैयाँ रहेको वाणिज्य बैंकहरुको कुल निक्षेप घटेर ६८ खर्ब ३५ अर्ब रुपैयाँ कायम भएको छ । अन्य बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप भने ७ खर्ब ५६ अर्ब रुपैयाँमा स्थिर रहेको छ ।
वाणिज्य बैंकको निक्षेप २ अर्ब रुपैयाँले घट्दा पनि कुल निक्षेप १ अर्बले मात्र घट्नु बैंक तथा वित्तीय संस्थाको निक्षेप तथा कर्जा (दशमलवमा) केही सुधार भएको वा तथ्यांकीय मिलानको प्रभाव परेको देखिन्छ ।
निक्षेप घटेपनि यहि अवधिमा कर्जा प्रवाहमा भने कुनै परिवर्तन देखिएको छैन । तथ्यांक अनुसार बैंक तथा वित्तीय संस्थाहरुको कुल कर्जा प्रवाह ५६ खर्ब ९० अर्ब रुपैयाँमा स्थिर रहेको छ । जसमा वाणिज्य बैंकहरुको कर्जा प्रवाह ५० खर्ब ६१ अर्ब रुपैयाँ र अन्य बैंक तथा वित्तीय संस्थाहरुको कर्जा प्रवाह ६ खर्ब २९ अर्ब रुपैयाँ रहेको छ ।
निक्षेमा सामान्य गिरावट आउँदा र कर्जाप्रवाह स्थिर रहँदा कर्जा निक्षेप अनुपात (सिडी रेसियो) मा सामान्य वृद्धि भएको छ । अघिल्लो दिन ७४.१० प्रतिशत रहेको सिडी रेसियो बढेर ७४.११ प्रतिशत पुगेको छ । त्यस्तै अन्तरबैंक ब्याजदर २.७५ प्रतिशतमा स्थिर रहेको छ । जसले बैंक तथा वित्तीय संस्थाहरुसँग लगानीयोग्य रकम प्रयाप्त रहेको देखाउँछ ।












प्रतिक्रिया